असार १९ गते २०७८
देउवा भन्छन्ः हार्न तयार छु, तर महाधिवेशन गरेरै छाड्छु
काठमाडौं,१९ असार ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू हार्ने भए पनि पार्टीको महाधिवेशन गराएरै छाड्ने बताएका छन् । आफूनिकट पदाधिकारी र केन्द्रीय सदस्यहरुसँगको छलफलमा सभापति देउवाले महाधिवेशन गर्न नसकेको कलंक बोक्न आफू तयार नरहेको बताएका हुन् ।
पदाधिकारी बैठकमा क्रियाशील सदस्यताबारे बनेको सहमतिको जगमा महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुनेगरी आ–आफ्नो जिम्मेवारी पूरा गर्नपनि देउवाले निर्देशन दिए । ‘महाधिवेशन गर्नैपर्ने बाध्यता छ । म जिते पनि हारे पनि महाधिवेशन गराएरै छाड्छु । त्यसका लागि अब धमाधम काम हुनुपर्यो । जसले जे जिम्मेवारी पाउनुभएको छ बेलैमा सक्नुपर्यो’, देउवाले भने ।
उनले सदस्यता छानबिन समितिमा रहेका नेताहरुलाई अधिकतम सहमति जुटाउन र विवाद नटुंगिए स्थगित गरेर अगाडि बढ्नसमेत निर्देशन दिएका छन् । ‘जति कुरा मिल्छ मिल्छ । जहाँ मिल्दैन, त्यसलाई अर्को महाधिवेशनमा हेरौंला । अहिले महाधिवेशन रोक्ने स्थिति छैन’, देउवाले भने । सभापति देउवाले १४ औं महाधिवेशनमा दोस्रो कार्यकालका लागि सभापतिको उम्मेदवार बन्ने बताइसकेका छन् ।