श्रावण १५ गते २०८२
शारीरिक अपाङ्गता र कहालीलाग्दो कष्टकर जीवन
कमल पौडेल अथक
पोेखरा १४, साउन
न त जीवनमा उनले यस्तो कहिल्यै सोचेका थिए न त उनले यस्तो होला नै भनेका थिए र पनि भयो यस्तै । अपांग भएर वाँच्नुको पीडा उनलाई मात्र थाह छ जसले भोगेका छन् । पोखरा लेखनाथका भोजराज सुवेदी एक दृष्टिविहीन अपांग हुन् । उनी अहिले ५७ वर्षका भए । ५ दाजुभाईका काइँला उनी सानैदेखिका मध्यम दृष्टिविहीन हुन् । उनी अहिले पोखरामा वस्छन् । सडकको पेटीमा मानिसको तौल जोख्ने मेशिन राख्छन् । आफ्नो तौल नाप्नेहरुले केही पैसा दिन्छन् । त्यसले उनले आफ्नो दैनिकी चलाएका छन् । सरकारले रातोकार्ड , निलोकार्ड , पँहेलोकार्ड र सेतोकार्ड गरी ४ तहमा दृष्टिविहीन अपाङ्गतालाइ कार्ड विभाजन गरेको छ । सोही अनुसार सरकारले भत्ता समेत उपलव्ध गराउँदै आएको छ । रातोलाई मासिक ३ हजार ९ सय ९०, निलोलाई मासिक २ हजार १ सय २८ भत्ता सरकारले दिने गर्दछ ।अरु दुवै आँखा धिरमिर धिरमिर देख्ने उनी सेतो छडीको साथमा हिडछन् । उनको सहारा नै त्यही सेतो छडी हो । कतिपय स्थानीय तहहरुले अन्य दुइ प्रकारका अपाङ्ता भएका व्यक्तिलाई पनि भक्ता दिन सक्छन् । उनीहरु आफैले कार्यविधि वनाएर ५ सयसम्म भत्ता दिएको पनि सुन्नमा आउने गरेको छ ।
उनले निलो कार्ड प्राप्त गरेका छन् । सोही अनुसार मासिक भत्ता पाउने गरेको उनले सुनाए । त्यस बाहेक उनले सडक पेटिमा मागेर नै दिनको १ हजार भन्दा वढी आम्दानी गर्दछन् । तौल जोख्ने काँटा लिएर वस्छु कसैले २० कसैले १ सय सम्म दिन्छन् । उनले दृष्टि विहीन अपाङ्गको अवस्था निकै दयनीय भएको वताए । सडकमा कता लडिन्छ भन्ने पीर रहेको उनको भनाई छ ।
यस्तै अपाङ्ग मध्येका अर्का हुन् सर्लाहीको हरपुर नगरपालिका ९ का रवीन्द्र माझी । उनी अहिले ३० वर्षका भए । १५ वर्षको उमेरमा उनको आँखामा कसैले ढुगा प्रहार गर्दा उनी दृष्टि गुमाउन पुगेका थिए । बालापनको कुरा उनलाई पूरै थाह छैन । अहिले उनी पोखराको सडक छेऊमा मागेर गुजरा चलाउँछन् । घरमा श्रीमति र दुई छोरा समेत भएको वताउने माझी सडक छेऊमा वसेर माग्नु वाध्यता भएको वताउँछन् । सरकारले उनलाई दैनिक सय रुपैयाँ दिने गरेको छ । तर त्यो पैसाले केही पुग्दैन र माग्नुपर्ने वाध्यता छ उनले भने ।
अपाङग पनि फरक फरक हुने गर्दछन् । मानिसका अपाङ्गता १० प्रकारका छन् । शारीरिक, सुनुवाई, श्रवण दृष्टिविहीन, स्वर वोलाई वा भकभके, मनोसामाजिक वा मानसिक, बौद्धिक, हेमोफिलिया, अटिजम र बहुअपाङ्गता रहेका छन् ।
गण्डकी प्रदेशमा ५२ हजार बढी अपाङ्ता भएका व्यक्तिहरु छन् । यसैगरी कोशी प्रदेशमा ७४ हजार बढी, मधेशमा ६६ हजार बढी, बागमतीमा ९० हजार वढी, लुम्विनीमा ८५ हजार बढी, कर्णालीमा ३७ हजार बढी र सुदूर पश्चिममा ५८ हजार बढी अपाङ्ता भएका व्यक्तिहरु छन् ।
कास्कीमा मात्र १८ हजार ७ सय २२ जना अपाङ्ता भएका व्यक्तिहरु रहेका छन् ।
नेपालको जनगणना २०७८ अनुसार नेपालमा कूल अपाङगता भएका व्यक्तिको संख्या ५ लाख १३ हजार ३ सय २१ जना रहेका छन् । यो संख्या कूल जनसंख्याको करिव १.७ प्रतिशत हुन आउँछ । जसमा पुरुष ३ लाख ५४ हजार ८ सय ८९ जना र महिला २ लाख ९९ हजार ८ सय ९३ जना रहेका छन् । अपाङ्गता जन्मजात, कुनै रोगले, दुर्घटना पश्चात वा उमेरको कारणले पनि हुने गर्दछ ।
जसरी जे कारणले अपाङ्गता भएपनि त्यसले मानिसको जीवनमा कठिन अवस्था सृजना हुन थाल्छ । यी विविध कारणले भएका अपाङ्गता मध्ये सबै भन्दा पीडादायी शारीरिक अपाङ्ता हुने गरेको भोग्नेहरुले बताउने गर्दछन् । मानिस सवलाङ्ग जन्मिएपनि कुनै दुर्घटनाको कारण उ अपाङ्गता भएमा उसमा बढी पीडा हुने अपाङ्ग स्वबलम्वन विकास संघ डीडा नेपाल कास्कीका अध्यक्ष दीपक तिमिल्सिना बताउँछन् । उनी यात्रामा दुर्घटनामा परेर शारीरिक अपाङ्ता भएका व्यक्ति हुन् । उनको एउटा हातमा समस्या छ । त्यो हात वेला वेला बेसरी दुख्ने गरेको उनले वताए । आफ्नो पीडा एकातिर भएपनि अपाङ्गता भएका व्यक्तिको हक अधिकारको लागि आफू लडिरहेको उनले वताए ।
उनले सरकारले जति नै रकम विनियोजन गरेपनि अपाङ्ताको सवाल सम्वोधन गर्न अपुग नै रहने उनको भनाइ छ । सरकारले निकै गरेको कुरा गर्छ तर हाम्रो तहमा बजेटले पुग्दैन उनले भने । नेपालमा महिला र पुरुष दुवैथरी अपाङ्गता भएका व्यक्ति छन् । शारीरिक अवस्था अनुसार हेरचाह र उनीहरुको लालन पालन पनि त्यस्तै हुने उनको भनाई छ ।
अन्य अपाङ्ता भएका व्यक्तिले जन्मजात जे भोगेपनि पीडा कम नै रहने गर्दछ । तर शारीरिक अपाङ्ता भएका व्यक्तिको पीडा निकै कष्टकर रहने गर्दछ । डीडाका कार्यकारी निर्देशक गिरिधारी सुवेदी भन्छन् राज्यले अपाङ्ता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण नै फरक छ । राज्यको मात्रै होइन समाजले पनि अपाङ्ता भएका व्यक्तिलाई गन्दै गन्दैन । अपाङ्गता मैत्री भौतिक संरचना नहुँदा अपाङ्गता भएका व्यक्तिहरुले वारम्वार धोखा पाउने गरेका छन् । सडक,विद्यालय, शौचालय, धारा, होटल लज, आदि अपाङ्तामैत्री हुनुपर्ने माग आफूहरुको रहेको सुवेदीको भनाइ छ ।
सरकारले अपाङ्गताको हक हितमा काम गर्ने उदेश्यले कास्की जिल्लाका स्थानीय तहबाट ५ प्रतिशत बजेट छुट्याउने गरेको छ । यस्तै गण्डकी प्रदेश अन्तर्गत वहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत रु १ करोड ५० लाख अपाङगताको लागि छुट्याएको छ । यस्तै संघीय सरकार महिला वालवालिका, जेष्ठ नागरिक मन्त्रालय अन्तर्गत १ अर्व ७७ करोड वजेट विनियोजन गरेको छ । त्यसैगरी श्रम एवं सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत १४ अर्व रुपैयाँ बजेट अपाङ्गताको हक हितको लागि विनियोजन गरेको छ ।