१७ असार,पोखरा
पोखरा फोटोग्राफर संघ पोखरा नेपालले, नेपालका फोटोग्राफरहरुको छाता सस्था नेपाल फोटोग्राफर महासंघले आधिकारीकता प्राप्त गरेको अवसरमा महासंघका पदाधिकारीहरुलाई सम्मान सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
ब्यवसायीक एकता र अभिभावकत्वका लागि महासंघ अनिवार्य रहेको हुंदा फोटोग्राफरहरुको छाता संगठनका रुपमा लैजानमा सवै जिल्लाका फोटोग्राफर संघ संगठनहरुको सहकार्यमा सफल भईएको महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायले बताए ।
२०७६ सालमा बुटवलमा भएको फोटोग्राफरहरुको भेलाले आफुलाई संयोजकका रुपमा अगाडी सारेको र सवैको साथ र सहयोगले महासंघलाई आधिकारीकता प्राप्त गर्न सफल भएकोमा सवैलाई धन्यवाद सहित आभार ब्यक्त गरे ।
साथै उनले पोखराले आयोजना गरेको महासंघका पदाधिकारीहरु सम्मान सहितको अन्तरक्रिया कार्यक्रमका लागि हार्दिक आभार ब्यक्त गरे ।
महासंघले आधिकारिकता प्राप्त गरे संगै पोखरा फोटोग्राफर संघ पोखराले अन्तरक्रिया सहित महासंघका पदाधिकारीहरुलाई बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको कार्यक्रमा रबिनाथ दाहाल, बिजय शर्मा , घनश्याम पौडेल,मदन सुव्वा, बलराम शर्मा जनक राज तिवारी ,नन्दकला पौडेल, कमला तिवारी पन्थ, मनिष पन्थ, रामजी थापा, जीवन ढुंगाना, कल्पना अधिकारी बिनय श्रेष्ठ , प्रकाश पौडेल लगायतले फोटोग्राफरहरुका समस्या र महासंघले उठाउनुुपर्ने बिषयका बारेमा आआफ्नो धारणा प्रस्तुत गरेका थिए । अन्तरक्रियामा उठान भएका बिषयहरुमा महासंघका कोषाध्यक्ष तुलसी राम सुवेदी , उपाध्यक्ष दुर्गा प्रसाद पौडेल र बरिष्ठ उपाध्यक्ष श्री राम कंडेलले बिषयगत रुपमा सहजिकरण गरेर महासंघको धारणा प्रस्तुत गरेका थिए । नेपाल फोटोग्राफर महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायको बिशेष अतिथ्यतामा कार्यक्रम संचालन भएको थियो । पोखरा फोटोग्राफर संघ पोखरा नेपालका अध्यक्ष राम चन्द्र पोखरेलको सभापतित्वमा संचालन भएको कार्यक्रमको संस्थाका सचिव देवानन्द पोखरेलले संचालन गरेका थिए भने स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष भक्त तमाड् ले गरेका थिए ।
प्रारम्भिक चरणमा नेपाल फोटोग्राफर महासंघमा मेची देखि महाकाली सम्मका सातै प्रदेशका १७ जिल्लाहरुका फोटोग्राफी ब्यवसायीका जिल्ला संघहरुकोे प्रतिनिधित्व रहेको छ र महासंघले देशभर ७७ वटै जिल्लामा आफ्नो नया शाखा बिस्तारको चरणमा रहेको कुरा महासंघ अध्यक्ष महेन्द्र प्रसाद उपाध्याय ले बताए ।
समय दृष्टि पोखरा २१, चैत्र नेपाली लेखक संघ कास्कीको छैटौं अधिवेशनले कमल पौडेल अथकको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा चन्द्रावती वाग्ले, सचिवमा रोशन तिमिल्सिना, सह...
Read More
काठमाडौं, २६ पुस । देशमा भर्खर संघीय र प्रदेश सभाको चुनाव सकिएको छ । राष्ट्रपतिदेखि सभामुखसम्म को बन्ने भन्ने रस्साकस्सी सत्ताधारी पार्टीबीच चलिरहँदा नेपाली फिल्म क्षेत्रमा भने चुनावी सरगम...
Read More
पोखरा,३० बैशाख । पोखरा महानगरपालिकाका मेयरका उम्मेदवारहरुले मतदान गरेका छन् । नेकपा ९एमाले०का तर्फबाट मेयरका उम्मेदवार बनेका कृष्ण थापाले पोखरा १६ मा रहेको बिन्दबासिनी मावीका मतदान केन्द्रमा ,गठबन्धनका तर्फबाट...
Read More
काठमाडौँ, असार २० । युरोप जान लागेका आप्रवासी चढेको एउटा डुङ्गा डुब्दा ४३ जनाको ज्यान गएको छ । ८४ जनाको भने उद्धार भएको छ । डुङ्गा भूमध्य सागरमा डुबेको...
Read More