१७ असार,पोखरा
पोखरा फोटोग्राफर संघ पोखरा नेपालले, नेपालका फोटोग्राफरहरुको छाता सस्था नेपाल फोटोग्राफर महासंघले आधिकारीकता प्राप्त गरेको अवसरमा महासंघका पदाधिकारीहरुलाई सम्मान सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
ब्यवसायीक एकता र अभिभावकत्वका लागि महासंघ अनिवार्य रहेको हुंदा फोटोग्राफरहरुको छाता संगठनका रुपमा लैजानमा सवै जिल्लाका फोटोग्राफर संघ संगठनहरुको सहकार्यमा सफल भईएको महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायले बताए ।
२०७६ सालमा बुटवलमा भएको फोटोग्राफरहरुको भेलाले आफुलाई संयोजकका रुपमा अगाडी सारेको र सवैको साथ र सहयोगले महासंघलाई आधिकारीकता प्राप्त गर्न सफल भएकोमा सवैलाई धन्यवाद सहित आभार ब्यक्त गरे ।
साथै उनले पोखराले आयोजना गरेको महासंघका पदाधिकारीहरु सम्मान सहितको अन्तरक्रिया कार्यक्रमका लागि हार्दिक आभार ब्यक्त गरे ।
महासंघले आधिकारिकता प्राप्त गरे संगै पोखरा फोटोग्राफर संघ पोखराले अन्तरक्रिया सहित महासंघका पदाधिकारीहरुलाई बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको कार्यक्रमा रबिनाथ दाहाल, बिजय शर्मा , घनश्याम पौडेल,मदन सुव्वा, बलराम शर्मा जनक राज तिवारी ,नन्दकला पौडेल, कमला तिवारी पन्थ, मनिष पन्थ, रामजी थापा, जीवन ढुंगाना, कल्पना अधिकारी बिनय श्रेष्ठ , प्रकाश पौडेल लगायतले फोटोग्राफरहरुका समस्या र महासंघले उठाउनुुपर्ने बिषयका बारेमा आआफ्नो धारणा प्रस्तुत गरेका थिए । अन्तरक्रियामा उठान भएका बिषयहरुमा महासंघका कोषाध्यक्ष तुलसी राम सुवेदी , उपाध्यक्ष दुर्गा प्रसाद पौडेल र बरिष्ठ उपाध्यक्ष श्री राम कंडेलले बिषयगत रुपमा सहजिकरण गरेर महासंघको धारणा प्रस्तुत गरेका थिए । नेपाल फोटोग्राफर महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायको बिशेष अतिथ्यतामा कार्यक्रम संचालन भएको थियो । पोखरा फोटोग्राफर संघ पोखरा नेपालका अध्यक्ष राम चन्द्र पोखरेलको सभापतित्वमा संचालन भएको कार्यक्रमको संस्थाका सचिव देवानन्द पोखरेलले संचालन गरेका थिए भने स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष भक्त तमाड् ले गरेका थिए ।
प्रारम्भिक चरणमा नेपाल फोटोग्राफर महासंघमा मेची देखि महाकाली सम्मका सातै प्रदेशका १७ जिल्लाहरुका फोटोग्राफी ब्यवसायीका जिल्ला संघहरुकोे प्रतिनिधित्व रहेको छ र महासंघले देशभर ७७ वटै जिल्लामा आफ्नो नया शाखा बिस्तारको चरणमा रहेको कुरा महासंघ अध्यक्ष महेन्द्र प्रसाद उपाध्याय ले बताए ।
काठमाडौँ,१५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अहिले पनि एक सयभन्दा बढी सांसदहरू रहेको दाबी गरेका...
Read More
पोखरा थिएटरमा यतिबेला नाटक मजदुर मार्ग मञ्चन भईरहेको छ । गत वैशाख १९ गते मजदूर दिवसको अवसर पारेर नाटकको मञ्चन सुरु गरिएको थियो। कवि राजु स्याङ्तानको ओ पेङदोर्जेमा...
Read More
मुस्ताङ , बैशख-३१ हिमाल पारिको जिल्ला मुस्ताङको घरपझोङ गाँउपालिका अध्यक्षमा मोहन सींह लालचन तथा उपाध्यक्षमा जमुना थकाली ज्यु निर्वाचित हुनु भएको छ । उहाहरु दुबै जना नेपाली काँग्रेसको तर्फबाट...
Read More