फागुन १५,पोखरा
मौलिक कला संस्कृतिदेखि भाषा, भेषभुषा पुस्तान्तरण हुनुपर्छः मेयर आचार्य ।
पोखराः पोखरामा मगर समुदायले ४२ औं मगर एकता दिवस मनाएका छन् । नेपाल मगर संघको स्थापना दिवस फागुन १५ लाई मगर समुदायले एकता दिवसको रुपमा मनाउँदै आएका छन् ।
नेपाल मगर संघ कास्कीको आयोजनामा पोखराको मानवअधिकार चोकबाट सुरु भएको झाँकी ¥यालीसहित महेन्द्रपुल, नयाँबजार, लखनचोक हुँदै सभागृहमा आएर औपचारिक कार्यक्रममा सुरु भएको थियो ।
नेपाल मगर संघको स्थापना दिवसको अवसरमा पोखरामा आयोजित ४२ औं मगर एकता दिवसको उद्घाटन पछि बोल्दै पोखरा महानगरपालिका मेयर धनराज आचार्यले मगर समुदायको मौलिक कला, संस्कृतिदेखि भाषा भेषभुषा पुस्तान्तरण हुन आवश्यक रहेको बताए ।
कुनै पनि समुदायको कला, संस्कृति, भाषा र भेषभुषाको संरक्षण गर्न नसके समाज परिवर्तन हुन नसक्ने मेयर आचार्यले बताए ।
‘समाज परिवर्तनका लागि कला, संस्कृति, भाषा र भेषभुषाको संरक्षण आवश्यक छ’, मेयर आचार्यले भने, ‘मगर भाषा अहिले पुस्तारण हुन सकेको छैन, मगर समुदायको भाषा संरक्षणको लागि कुनै पनि प्रस्ताव लिएर महानगर आउनुहोला हामी सहयोग गर्न तयार छौं ।’
उनले समाज समृद्धिका लागि भौतिक विकाससँगे समुदायको संरक्षणपनि त्यति नै आवश्यक रहेको बताए ।
‘हामीले विकास भनेको ठुलाठुला भवन, बाटोलाई सम्झिन्छौं, विकास भनेको भौतिक पूर्वाधार मात्र होइन’, उनले भने, ‘विकास भनेको समाज समृद्ध हुनका लागि मान्छे जन्मदादेखि मृत्यु हुँदा सम्मका संस्कार संस्कृतिको संरक्षण र पुस्तान्तरण गर्नु पनि त्यो दिगो विकास हो ।’
उनले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने बताउँदै सबै जातजातिले आफ्नो कला, संस्कृति, भाषा, भेषभुषाको संरक्षण र प्रवद्र्धन गर्न समेत आवश्यक रहेको बताए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख बासुदेव घिमिरेले समुदायको कला,संस्कृति, भेषभुषा पुस्तान्तरण नहुनु मुख्य समस्या भएको बताए ।
‘कुनै पनि समुदायको कला, संस्कृृति, भेषभुषा, भाषा लोप हुँदै गएको छ, यसको संरक्षणको दायित्व हामी सबैको हो’, घिमिरेले भने, ‘परिवर्तनसँगै इतिहासलाई विर्सन हुँदैन, बढ्दो आधुनिकतासँगै कला, संस्कृति, भाषा, भेषभुषा पुस्तान्तरण हुन पर्छ ।’
वि.स. २०३९ साल फागुन १५ गते स्व. हेमबहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङ्घाली परिवार सङ्घको अधिवेशनलाई आधार मानी मगर समुदायले हरेक वर्ष फागुन १५ गते मगर सङ्घ र सम्बन्धित सङ्घसंस्थाले एकता दिवसका रूपमा मनाउँदै आएका छन् ।
नेपाल मगर संघ कास्कीको आयोजनामा पोखरामा सम्पन्न भएको ४२ औं मगर एकता दिवसमा निकालिएको झाँकी ¥यालीमा नेपाल मगर संघ रामबजार इकाई प्रथम, चाउथे कमदमार्ग इकाई समिति द्धितीय, माटेपानी इकाई समिति तृतीय र अघौं, ढुङ्गेपाटन र सैनिक बस्ती इकाई समिति सान्त्वना भए । झाँकी ¥यालीमा प्रथम, द्धितीय र तृतीय भएका इकाई समितिले क्रमशः १०, ७ र ५ हजार र सान्त्वना भएका इकाई समितिले क्रमशः २÷२ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय उपमहासचिव खेमबहादुर पुनमगर, नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका महासचिव सुजन लामा, नेपाली कांग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाट, नेकपा एमाले कास्कीका सचिव बैनबहादुर क्षेत्री, नेपाल मगर महिला संघका केन्द्रीय भाषिक उपाध्यक्ष फुलकुमारी थापामगर र नेपालमगर संघ गण्डकी प्रदेशका उपाध्यक्ष पवित्रा थापामगर लगायतले ४२ औं मगर एकता दिवसको अवसरमा शुभकामना मन्तव्य राखे ।
कार्यक्रममा नेपाल मगर संघ कास्कीका अध्यक्ष रामबहादुर थापामगरका अध्यक्षता, उपाध्यक्ष चन्द्रबहादुर पुर्जामगरको स्वागत र सचिव लालबहादुर रानामगरको सञ्चालनमा सम्पन्न भएको थियो ।
चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज ८४ जना यात्रु बोकेर आज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । विमानलाई पोखरा आइपुग्न करिव...
Read More
काठमाडौं, ६ भाद्र । मस्तिष्कघात भएपछि प्रगतिशील गायक जुठबहादुर खड्गी ९जेबी टुहुरे०को स्वास्थ्य स्थिति गम्भीर र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । गत मंगलबार काठमाडौंको कलंकीमा अवस्थित...
Read More
पोखरा । ९८औं राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा नेपाल फोटो पत्रकार संघ कास्कीले फोटो यात्रा गरेको छ । संघले शनिबनर पोखरा महानगरपालिका–१३ को वडा कार्यालयको सहयोगमा उक्त वडामा रहेको...
Read More
पोखरा, १७ साउन पोखराको पर्यटन प्रवद्र्धनका लागि ‘डुलुवा’ टोली भारतमा भ्रमणमा निस्केको छ । पोखराको ‘डुलुवा’ टोली पर्यटन प्रवद्र्धन गर्न एक महिने भारत भ्रमणका लागि प्रस्थान गरेको हो...
Read More