चैत्र ८ गते २०८१
पोखराका पत्रकार अथक सम्मानित
पोखरा ९, चैत्र
समयदृष्टि डटकम
पोखराका पत्रकार कमल पौडेल अथक सम्मानित भएका छन् । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएशन जिल्ला समन्वय समिति कास्कीको दोश्रो अधिवेशनको अवसरमा उनी सम्मानित भएका हुन् । संस्थाका केन्द्रीय सल्लाहकार समन्वय परिषद अध्यक्ष रामप्रसाद अधिकारी र संस्थाका अध्यक्ष षडानन्द लामिछानेले संयुक्तरुपमा सम्मान पत्र र माला लगाएर सम्मान गरेका थिए । विगत २ दशक वढी पोखरामा रहेर पत्रकारिता गर्दै आएका अथक रेडियो सराकोटका समाचार प्रमुख एवं समयदृष्टि डटकमका प्रधान सम्पादक हुन् ।
सो अवसरमा वोल्दै प्रमुख अथिति समेत रहेका रामप्रसाद अधिकारीले लेखिापढी व्यवसायीका समस्या माथि राज्यले खेलवाड गरिरहेको वताए । उनले व्यवसायिक हकहितको लागि सम्पूर्ण व्यवसायीहरु एक हुनु पर्ने वताए । उनले भूमि प्रशासन निर्देशिका र त्यसले ल्याउने वाधा व्यवधानका विरुद्ध व्यवसायीहरु चनाखो हुनु पर्ने वताए ।
सो अवसरमा संस्थाले कार्यालयका कर्मचारीहरु प्रेमकुमारी शर्मा, शोविता थापा र इन्द्र सुवेदी लगायतलाई सम्मान गरेको थियो ।
संस्थाका अध्यक्ष षडानन्द लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय बरिष्ठ उपाध्यक्ष गोविन्दप्रसाद पोखरेल, उपाध्यक्ष एवं गण्डकी प्रदेश संयोजक सरोज देवकोटा, सचिव हरिप्रसाद शर्मा, लक्ष्मी सुवेदी, ऋषिराम आचार्य, महेश्वर सुवेदी, उपाध्यक्ष नारायणप्रसाद सुवेदी, र सचिव जयराम अधिकारी लगायतले वोलेका थिए ।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । समितिमा कास्कीमा १ सय ७३ जना सदस्य रहेको अध्यक्ष षडानन्द लामिछानेले जानकारी दिएका छन् ।