असार ५ गते २०७९

पालिकाहरुलाई बलमैत्री स्थानीय साशन कायम गर्न आग्रह


कमल पौडेल अथक
पोखरा ५, असार
स्थानीय तहमा बाल मैत्री साशन कायम गर्न आग्रह गरिएको छ । सामाजिक विकास कार्यालय कास्की र इन्सेकको आयोजनामा शनिवार कास्कीको मादी गाउँपालिका नव निर्वाचित पधाधिकारीहरुकोलागि आयोजित छलफल कार्यक्रममा सो आग्रह गरिएको हो ।
स्थानीय तहलाई बालमैत्री वनाउन आग्रह गर्दै बाल अधिकारकर्मी केशव पौडेलले वालवालिकालाई स्थानीय विकासमा समावेश गर्नु पर्ने वताए । उनले वालवालिकाको उपेक्षा गरेर बनाएका नीति नियम समाबेसी र दीगो हुन नसक्ने वताए ।
हालसम्म देशका अधिकांश स्थानीय तहहरु बलमैत्री छैनन् अब नयाँ जनप्रतिनिधिहरुले बालमैत्री वनाउन ध्यान दिनु पर्दछ इन्सेक संयोजक शिव खकुरेलले भने ।
सामाजिक विकास कार्यालय पोखराका प्रमुख इन्द्रवहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा मादी गाउँपालिकाका प्रमुख देविजंग गुरुङ, उपप्रमुख कल्पना गुरुङ, प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटा, शिक्षक रुद्रवहादुर रानाभाट लगायतले वोलेका थिए । सो अवसरमा पालिकाका जनप्रतिनिधिहरुले बालमैत्री पालिका वनाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

एक दिने फोहोर व्यवस्थापन तालीम

संगम मार्ग विकास संस्था, ग्रीनरोग वेस्टमेनेजमेन्ट प्रालि तथा संगम मार्ग महिला समूहद्धारा आयोजित एक दिने फोहोर मैला व्यवस्थापन तालिम शनिवार सम्पन्न भएको छ । तालिममा घरमा निस्कने फोहोरलाई कसरी मोहोरमा परिणत गर्ने भन्ने वारेमा सिकाइएको थियो । प्रशिक्षक द्धय विमल वास्तोला, र निराजन घिमिरले फोहोर कसरी छुट्याउने र व्यवस्थापन गर्ने भन्नेवारे जानकारी गराएका थिए ।
संस्थाका अध्यक्ष ढाकाराम लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ९ का अध्यक्ष दीपेन्द्र मर्सानी, पूर्व अध्यक्ष रामराज लामिछाने, फोहोर व्यवस्थापनका अभियान्ता लोकदर्शन कोइराला, संस्थाका सल्लाहकार चिन्तामणि वास्तोला लगायतले वोलेका थिए ।