मंसिर ३ गते २०८१

फोटोग्राफर संघ गण्डकीमा पर्वतका नारायण के सी

३ मंसिर पोखरा
फोटोग्राफर संघ गण्डकीको अध्यक्षमा नारायणबहादुर केसी चुनिएका छन् । संस्थाको शनिबार चौथोे साधारण सभा तथा दोस्रो अधिवेशनले केसीको अध्यक्षतामा ११ जिल्लाका अध्यक्ष पदेनसहित ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको हो ।
संस्थाको वरिष्ठ उपाध्यक्ष तुलसीराम सुवेदी प्रथम उपाध्यक्ष बलभद्र श्रेष्ठ, द्वितीय उपाध्यक्ष जीवन ढुंगाना, तृतीय उपाध्यक्ष घनश्याम पौडेल, महासचिव प्रेमप्रसाद पराजुली, सचिव नारायण गौतम कोषाध्यक्ष रामचन्द्र पोख्रेल सह–कोषाध्यक्ष सुरेश रेग्मी चयन भए ।
सदस्यमा राममणि पौडेल, प्रदीप पाठक, राजन अधिकारी, गणेश गैह्रे, आत्मराम पौडेल, विकास खाँड छन् ।
संस्थाका अध्यक्ष दुर्गाप्रसाद पौडेलको अध्यक्षतामा संचालित कार्यक्रमको संचालन सचिव तुलसीराम सुवेदीले गरेका थिए ।
यसैबीच, संस्थाले आयोजना गरेको मिराज राष्ट्रिय वैवाहिक फोटो प्रतियोगितामा प्रदीप श्रेष्ठको तस्बिर उत्कृष्ट भएको छ । नेचर एण्ड लैण्डस्केप विधामा सजिनमणि पौडेलको फोटोले पुरस्कार जित्यो ।
संस्थाले बर्सेनि मिराज राष्ट्रिय वैवाहिक फोटो र नेचर एण्ड लैण्डस्केप फोटो प्रतियोगिता गरी २ विधामा फोटो प्रतियोगिता गर्दै आएको छ । करिब २ सय जना फोटोग्राफरले भाग लिएको प्रतियोगितामा करिब ११ सय तस्बिर प्रतिस्पर्धामा थिए ।
प्रमुख अतिथि नेपाल फोटोग्राफर महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायले साधारणसभाको अवसरमा उनीहरुलाई नगदसहित ट्रफी र प्रमाणपत्रले सम्मान गरे। विजेता प्रदीपले १५ हजार ५५५ नगदसहित ट्रफी र प्रमाणपत्र पाए । सजिनमणिले १० हजारसहित ट्रफी र प्रमाणपत्र पाए ।
कार्यक्रममा गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारी, कैलाश सहकारीका अध्यक्ष खडानन्द अधिकारी, स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, पत्रकार कमल पौडेल ‘अथक’, दिगम्वर राजवंशी, श्रीराम कँडेल, दिनेश अर्याल, हरि घिमिरे, प्रेमप्रसाद गौतम, प्रतियोगिता संयोजक भक्त तामाड, निर्णायक राज बुढा, पुरस्कृत फोटोग्राफर प्रदीप श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।