जेठ २९ गते २०८१

कास्कीको अन्नपूर्ण गाउँपालिकालाई बालमैत्री पालिका घोषणा गर्ने तयारी

कमल पौडेल अथक
पोखरा २८, जेठ
कास्कीको अन्नपूर्ण गाउँपालिकालाई बालमैत्री पालिका घोषणा गर्ने तयारी गरिएको छ । सामाजिक विकास कार्यालय कास्कीद्धारा सोमवार आयोजित बालमैत्री स्थानीय शासन प्रवर्दन कार्यक्रमका अवसरमा सो तयारीवारे जानकारी दिइएको हो ।
सो अवसरमा वोल्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुवहादुर केसीले पालिकालाई वालमैत्री पालिका वनाउनको लागि कर्मचारीहरु जागरुक हुनु पर्ने वताए । उनले कर्मचारीहरु काम प्रति इमान्दार र जागरुक नभएसम्म लक्ष्य हाँसिल गर्न कठिन हुने वताए । केसीले कर्मचारीलाई काम गर्न मन नलागे अन्य उपाय रोज्न आग्रह गर्दै काम गर्ने मनसायले पालिकामा हाँजिर भएपछि जिम्मेवार वन्न समेत आग्रह गरे ।
आगामी २०८३ साल असार मसान्त भित्र सो पालिकालाई बालमैत्री घोषणा गर्ने तयारी भएपछि अहिले वडा नं १, २ र ४ मा तथ्याङक संकलनको लागि गणकहरु परिचालन गरिएको गाउँपालिकाले जनाएको छ ।
यो वर्ष यी तीन वटा वडालाई वालमैत्री वडा घोषणा गरिनेछ । त्यसपछि अन्य सवै वडालाई वालमैत्री वडा घोषणा गरिसकेपछि अन्तिममा पालिकालाई नै वालमैत्री पालिका घोषणा गर्न सहज हुने शिक्षा विकास निर्देशनालय गण्डकीका महानिर्देशक अम्विकाप्रसाद आचार्यले बताए । उनले बाल शिक्षा प्रभावकारिता सँगै अन्य सूचकहरुमा ध्यान दिन संवन्धित पक्षलाई आग्रह गरे ।
पालिका भित्र रहेका ५१ वटा सूचक मध्ये वालवालिका संवन्धि ६ वटा सूचकमा रहेर मूल्याङकन गरिने र वडाहरुलाई वालमैत्री वडा घोषणा गरिने प्रदेश वाल समन्वय अधिकारी बदीप्रसाद वाग्लेले जानकारी दिए । उनले २ वर्ष अघि गरेका प्रतिवद्धता अनुसार कार्यक्रम अगाडि वढाउने तयारी रहेको वताए ।
सामाजिक विकास कार्यालय कास्कीका प्रमुख ईन्द्रवहादुर थापाले बालवालिकाको हुर्काइ, बढाई सँगै स्वास्थ्य, शिक्षा र खोपका विषयमा केन्द्रीत रहेर वालमैत्री वडा घोषणा गरेपछि पालिका स्वतः घोषणा हुने वताए । उनले सवै भन्दा पहिला वालवालिकालाई संस्कार सिकाउन जरुरी रहेको वताए ।
कार्यक्रममा पालिकाका वडाध्यक्ष, वालक्लव संग संवन्धित विद्यालयका विद्यार्थीहरु लगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
सामाजिक विकास कार्यालय कास्कीका प्रमुख ईन्द्रवहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका उपप्रमुख चन्द्रकला अधिकारी, प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेल, अन्नपूर्ण वाल संञ्जालका अध्यक्ष सुवोध सुवेदी, शिक्षा शाखा प्रमुख बलराम भुगाइँ र कार्यालयका अधिकृतस्तर छैटौं कर्मचारी ज्ञानेश्वर सुवेदी लगायतले वोलेका थिए ।