भाद्र २४ गते २०७८

‘किसुनजी र राजनीति’ लोकापर्ण




२४ भदौं ।पोखरेली सष्टा अर्जुन पौडेलद्वारा लिखित ‘किसुनजी र राजनीति’ नामक पुस्तक बिहीवार लोकापर्ण गरियो । उक्त पुस्तकको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले एक कार्यक्रमका बीच लोकापर्ण गरे।
पुस्तक लोकापर्ण गर्दै मुख्यमन्त्री पोखरेलले स्वः कृष्णप्रसाद भट्टराईको९किसुनजी० जीवनीबाट उच्च राजनीतिक संस्कार सिक्नुपर्नेमा जोड दिर्दै राजनीति निष्ठा पूर्वक गरिने कर्म भएको औल्याए।
नैतिक वल, प्रजातान्त्रिक मूल्य र मान्यता, अहिंसात्मक आन्दोलन साथै साधकी जीवनशैली लगायतका पक्ष आम नेपालीले भट्टराईको जीवनकालबाट सिक्नुपर्ने मुख्यमन्त्री पोखरेलको ठहर छ । भट्टराईको जीवनीलाई आत्मसात गरी पुस्तक तयार पारेकोमा सष्टा प्रति मुख्यमन्त्री पोखरेलले धन्यवाद समेत प्रकट गरे।तत्कालिन बेला किसुनजी र आफूहरु बीच पारिवारीक समबन्ध समेत रहेको पोखरेलले स्मरण पनि गरे ।
काँग्रेस नेता शुक्रराज शर्माले स्वः कृष्णप्रसाद भट्टराईको जीवन आचरणसँग जोडिने उल्लेख गर्दै पुस्तकले लेखेर सार्वजनिक गरेकोमा सष्टा प्रति आभार प्रकट गरे । स्वः भट्टराईको नाममा प्रतिष्ठान खोल्न आफ्नो भूमिका रहने पनि उनले स्पष्ट पारे ।पुस्तक नेपाली काँग्रेस, प्रजातन्त्र र समाजवादका कुरा बुझन सहयोगी हुने उनको विश्वास छ ।
पार्टी जिल्ला सभापति कृष्ण केसीले कार्यकर्ताले स्वः भट्टराईको राजनीतिक जीवनमाथि चर्चा गरी पुस्तक लेख्नु आफैमा महत्वपूर्ण भएको औँल्याए ।उनले कास्की सभापतिमा यसपटक आफू नउठ्ने स्पष्ट पनि पारे ।
महासमिति सदस्य सोभियतबहादुर अधिकारीले नेपाल विद्यार्थी संघ स्थापनामा स्वः भट्टराईको योगदानको स्मरण गरे ।उनले पुस्तक इतिहास भएको जनाउँदै इतिहासलाई लिपीवद्घ गर्दै जानुपर्ने औँल्याए ।
पुस्तकको समीक्षा गर्दै महासमिति सदस्य देवराज चालिसेले पुस्तकको माध्ययम मार्फत किसुनजीका धारणाहरु थप जनता माझँ पुग्ने विश्वास लिए ।उनले किसुनजीका बारेमा घण्टौ वोल्ने तर उनले अंगिकार गरेको व्यवहारलाई अनुशरण नगर्ने परिपार्टीको अन्त्य गर्नुपर्ने समेत औँल्याए।पुस्तक समग्रमा पठनीय भएको उनको ठहर छ ।
सष्टा अर्जुन पौडेलले सत्ताकेन्द्रीत राजनीति नेपालले नचाहेको स्पष्ट पार्दै त्यसवारे किसुनजीको जीवनीबाट धेरै सिक्नुपर्ने भनाई राखे ।गुट उपगुटको राजनीति सदाका लागि अन्त्य गर्नुपर्ने उनको भनाई छ ।
महासमिति सदस्य रामचन्द्र त्रिपाठीले पौडेलले मेहनत गरी पुस्तक लेखेको चर्चा गर्दै लेखनशैलीलाई सुधार्दै जानुपर्ने औँल्याए ।
सो पुस्तकमा स्वः भट्टराईको राजनैतिक इतिहास, प्रतिक्रान्ति र विदेशी हस्तक्षेप, सत्ता प्रवेश, विभिन्न समयमा उनले राखेका धारणा तथा राजनीतिक हास्य व्यङग्य लगायतका कुराहरु समेटिएको छ ।
लोकतान्त्रिक वैचारिक प्रतिष्ठान गण्डकी प्रदेशको आयोजनामा सम्पन्न उक्त कार्यक्रम प्रतिष्ठानका अध्यक्ष मोतिराज तिम्सिनाको अध्यक्षतामा पत्रकार प्रकाशचन्द्र सापकोटाले संचालन गरेका थिए ।