पौष २८ गते २०८०

कन्दरा व्याण्डले ततायो पोखरा (फोटो फिचर)

पोखरा २७, पुष

पोखरेली व्याण्ड कन्दराले पोखरा तताउने गरी शुक्रबार पोखरामा आफ्नो प्रस्तुती सम्पन्न गरेको छ । पोखरा प्रदर्शनी केन्द्रमा करिब साढे ३ घण्टा आफ्नो प्रस्तुती राख्दै कन्दराले कन्सर्टमा आगन्तुकलाई भरभूर्ण मनोरन्जन दिएको छ ।


पोखराको आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले कन्दरा लाइभ कन्सर्ट पोखरामा भव्य रुपमा सम्पन्न भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनायण श्रेष्ठले बताए । परिषदको आयोजना तथा लायन्स क्वल अफ पोखरा सामिप्यको सहआयोजकमा शुक्रबार बेलुका ५ः०० बजे देखि करिब साँढे ३ घण्टासम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा उक्त व्याण्डको प्रस्तुती रहेको थियो ।

लिड भोकलिस्ट विवेक श्रेष्ठ, सुनिल थापा, हरि महर्जन, देव लामा, सुन्दर महर्जन, पङ्कज झाको समूहले २० भन्दा बढी गीत सङ्गीतलाई लाइभ प्रस्तुति दिए । तगारोमा रुमाल राखे बाटो छेक्यौ तिमिले‘, जन्दिगी उत्सव हो‘, विदेशीयर गइन उनी मलाई छाडेर लगायतका उक्त व्याण्डले गित गाएको थियो ।
उक्त अवसरमा पोखराका मेयर धनराज आचार्यले गायक विवेक श्रेष्ठलाई स्वागत गरी सो प्रस्तुतीको भव्य सफलतको कामना गरेका थिए ।‘पहिला घरदेश अनि परदेश’ गीतसङ्गीत मार्फत् नेपालको पर्यटन प्रवद्र्धनको सन्देश दिन पोखराबाट उक्त कार्यक्रमको शुभारम्भ गरिएकोे परिषदका अध्यक्ष श्रेष्ठले पोखराक्लिकलाई बताए । ‘पहिला घरदेश अनि परदेश’ गीतसङ्गीत मार्फत् नेपालको पर्यटन प्रवद्र्धनको सन्देश प्रवाह गर्ने मूल उद्घघोषका साथ मुलुकका सातै प्रदेश र मुख्य सहरमा साँगीतिक कार्यक्रम गर्ने अभियानको सुरुवात पोखराबाट भव्य सुरुवात भएको उनको दाबी छ ।