पौष २० गते २०७७

बिकास बाहेक कुनै सपना छैन – सांसद पहारी

पोखरा ,२० पुस ।

गण्डकी प्रदेश सभा सदस्य राजिब पहारिले पोखरा महानगर वडा न ६ स्थित नहरमार्ग ढलान बाटो सोमबार शिलान्यास गरेका छ्न। उनले बिश्वको महत्त्वपूर्ण पर्यटकीय गन्तब्य लेकसाइडलाई हर हिसाबले सिगार्नु पर्ने भन्दै त्यसकालागी अझै उत्तरदायी भएर आफू लागि परेको बताए। पहारिले गुणस्तरिय निर्माण लागि निरन्तर अनुगमन गर्न स्थानियलाई आग्रह गरे।


उनले बिकास बाहेक आफ्नो कुनै सपना नभएको भन्दै आफ्नो निर्बाचन क्षेत्र उदाहरणिय बनाउन लागि परेको बताए। त्यस अबसरमा पहारिले आफ्नो गण्डकी प्रदेश निर्वाचन क्षेत्र कास्की ३(ख) मा संचालित बिकास आयोजनाहरुको बारेमा जानकारी समेत दिए।