पौष २७ गते २०८०
स्याङजाली सम्पर्क सदनको २९ औं वार्षिक साधारण सभा सम्पन्न, दुई जना सम्मानित, अक्षयकोषमा १ लाख २५ हजार ५ सय ५५ थप
कमल पौडेल अथक
पोखरा २७, पुस
स्याजाली सम्पर्क सदन पोखराको २९ औं वार्षिक साधारण सभा एवं स्थापना दिवस शुक्रवार पोखरामा सम्पन्न भयो ।
सो अवसरमा सस्थाको प्रगति र भावि योजनाका वारेमा महासचिव शिववहादुर थापाले प्रतिवेदन पेश गरेका थिए । सो प्रतिवेदन छलफल सहित सर्वसम्मतिले पास भएको महासचिव थापाले जानकारी दिएका छन् ।
कार्यक्रममा सदनका आजिवन सदस्य मेजर लक्ष्मीप्रसाद गुरुङ सदनमा १ लाख २५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष रकम सदनका अध्यक्ष तारा गौतम सुनारलाई हस्तान्तरण गरे ।
सदनले ५ लाखको अक्षयकोष स्थापना गर्ने उदेश्य राखेको र अक्षयकोष स्थापनामा रुची देखाउनेहरु धेरै जना भएकोले अक्षयकोष रकम वढ्दै जाने वताए । उनले अक्षयकोष मार्फत सदनले गरीव, असाहाय र दीन दुःखीको पीडामा मलहम लगाउने उदेश्य संस्थाले राखेको उनले वताए । सो अवसरमा संस्थाले आजिवन सदस्य पीताम्वर शर्मा नेपाली र मेजर लक्ष्मीप्रसाद गुरुङलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरेको छ ।
सो कार्यक्रमको उद्घाटन गर्दै प्रदेशका उर्जा, जलश्रोत तथा सिचाइँ मन्त्री सरस्वती अर्याल तिवारीले सदनमा हरेक प्रकारले दक्ष जनशक्ति भएको वताइन् । उनले देशका जुनसुकै जिल्लामा जाँदा पनि स्याङजाली कर्मचारी देख्न र भेट्न पाउँदा गर्व लागेको वताइन् । उनले अहिले प्रदेशमा सुक्दै गएका मुलपानी संरक्षणमा आफुले ध्यान दिएको जानकारी दिएकी छन् । सदन आफ्नै घर भएकोले आफू जिम्मेवारीमा रहे पनि नरहेपनि सँधै माया ममता रहने बताइन् ।
सदनका अध्यक्ष तारा गौतम सुनारको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष लीलाप्रसद पँगेनी, पूर्व अध्यक्ष महेन्द्रप्रकाश पौडेल, भीरकोट पोखरा सम्पर्क समाजका अध्यक्ष श्याम रेग्मी, सितल चौतारी टोल विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद पोखरेल, अक्षयकोषदाता मेजर लक्ष्मीप्रसाद गुरुङ , उपाध्यक्ष धर्मराज अर्याल, सचिव रुक्मागत भण्डारी विश्वास लगायतले वोलेका थिए ।
कार्यक्रम पश्चात सदनको स्थापना दिवसको अवसरमा आजिवन सदस्य र सदस्यहरुले कार्यालय परिसरमा दीपावलि गरेका थिए । सो अवसरमा आजिवन सदस्य पुरुषोत्तम न्यौपानेले गीत प्रस्तुत गरेका थिए ।