भाद्र १९ गते २०८०
देशको अर्थतन्त्रले लय समातेको अर्थमन्त्री डा.महतको दावी
कमल पौडेल अथक
पोखरा १९, भदौ
नेपाली कांग्रेसका नेता एवं नेपाल सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाली अर्थतन्त्रले लय समात्न थालेको बताएका छन् । नेपाली कांग्रेस कास्कीद्धारा सोमवार पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
विगतमा भुकम्प र कोरोना महामारीले थला परेको अर्थतन्त्रमा केही सकारात्मक सूचक देखा परेको उनले बताए । सरकारले पनि देशको अर्थतन्त्र स्थिर बनाउन हर सम्भव प्रयास गरिरहेको उनको भनाई छ ।
देशमा थला परेको पर्यटन व्यवसायले गति लिइरहेको र आगामी दिनमा पर्यटकको संख्या बढ्दै जाने उनको भनाई छ । विगतमा दक्ष जनशक्ति विदेश जाने अवस्था नभएपनि अहिले युवाहरु विदेश गएर उच्च शिक्षा हाँसिल गर्ने अवस्थालाई सकारात्मक लिनु पर्ने उनले बताए । बैदेशिक रोजगारीमा जाने र उनीहरुले कमाएर देशमा र्यामिटेन्स भित्रयाउने अबसर प्राप्त भएको कुरापनि सकारात्मक रुपमा लिन उनले आग्रह गरे ।
पहिलेको साशन व्यवस्था भन्दा अहिलेको साशन व्यवस्था उत्कृष्ट रहेको जनाउँदै अर्थमन्त्री महत्तले देशमा ६८ बर्ष पुगेपछि नागरिकलाई मासिक चार हजार भत्ता पाउने व्यवस्था यो सरकारले गरेको दावी गरे । उनले देशमा पहिले भन्दा धेरै परिवर्तन भएपनि आशासित परिवर्तन हुन नसकेको स्वीकार गरे ।
हामीले परिवर्तन त गर्यौं तर जनताको चाहना पूरा भएको छैन आगामी दिनमा त्यो पनि पूरा गर्न सरकार दृढ रहेको उनले बताए । उनले अहिले देशमा गठवन्धको सरकार औचित्य र आवश्यकता दुवै भएको टिप्पणी गरे ।
देशमा राजनीतिक स्थायित्व कायम गर्न र लोकतन्त्रको संस्थागत विकास र संरक्षण गर्न आगामी दिनमा पनि कांग्रेसको विकल्प नभएको उनको भनाई छ ।
उनले लोकतन्त्रको लागि कांग्रेसको विकल्प कांग्रेस मात्रै भएको वताए । अरु नयाँ सबै राजनीतिक दलहरु पानीका फोका हुन् । इतिहास भएको र तानशाहहरुका बीचमा लडेको पार्टी भएकाले पनि कांग्रेसले मात्र मुलुको परिवर्तनको काँध थाप्न सक्ने उनले बताए ।
भातृ संस्था समयमा गठन हुन नसक्नु र पूर्णता नपाउनुमा पार्टीले विभिन्न परिस्थितिले कमीकमजोरी गरेको भएपनि पदाधिकारी तोकिसकेपछि अब कसैले कसैको खुट्टा नतानीकन पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउनु पर्ने बेला आएको बताए ।
पार्टी भित्र कसैले–कसैलाई सिध्याउने खेल खेल्न थालेमा त्यसले कसैलाई गन्तव्यमा नपुर्याउने उनको भनाई छ ।
फलानोले मलाइ वडा मै सिध्याउँछु भनेर लाग्यो, अब अहिले मैले उसलाई सिध्याइदिन्छु भनेर लाग्ने हो भने आफै सकिने दिन आउँछ उनले भने । उनले देशका अधिकार सम्पन्न प्रणाली माथि नै बिभिन्न तरिकाले आक्रमण भइरहेको बताउँदै त्यसमा बढी आक्रमण र बिरोध कांग्रेसका नेता कार्यकर्ताबाट नै भएको बताए ।
हामी सामाजिक संञ्जालमा आफा–आफै झगडा गरिरहेका हुन्छौ, यसले हाम्रो अवस्था झन् खराब हुँदै जान्छ, जसको कारण बिरोधीले फाइदा उठाउँछन् कांग्रेस नेता समेत रहेका अर्थमन्त्री महत्तले भने ।
अर्थमन्त्री महत्तले सोमवार पोखरा पर्यटन परिषद र पोखरा उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रमलाई समेत सम्वोधन गरेका थिए ।