पौष ११ गते २०७८
आजदेखि माओवादी केन्द्रको आठौँ महाधिवेशन
काठमाडौं, ११ पुष । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।
दिउँसो १ बजे काठमाडौँ कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा महाधिवेशनको उद्घाटन हुनेछ ।
नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत भएको हो ।
हिजो बसेको पार्टी स्थायी कमिटी बैठकले वडा तहदेखि नै माओवादी केन्द्रले सबै प्रक्रिया गरेको र गर्नै पर्ने संवैधानिक व्यवस्थाका कारण यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको माओवादीले जनाएको छ ।