भाद्र ७ गते २०७८

कांग्रेसमा साझा उम्मेदवारको खोजी गर्न संस्थापनइतरको छलफल

काठमाडौं, ७ भादौ । नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि साझा उम्मेदवार बनाउने सन्दर्भमा संस्थापनइतरका नेताहरूबीच छलफल भएको छ ।बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको बैठकमा सभापतिको दावी गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता शेखर कोइरालालगायत उपस्थित थिए । नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष लक्ष्मणबहादुर बस्नेतले बैठकको संयोजन गरेका हुन् ।

महाधिवेशनको मिति नजिकिँदै जाँदा संस्थापनविरुद्धको रणनीति बनाउँदै साझा उम्मेदवार छान्न नेताहरू बैठक बसेका हुन् । आफूहरूको भेलारबैठक महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्नेमा केन्द्रित रहेको बताउँदै छलफल जारी राख्ने र यसलाई निरन्तरता दिने कांग्रेस नेता अर्जुननरसिंह केसीले बताए ।