फागुन १ गते २०८२
महिलाहरुको लागि क्षमता अभिवृद्धि तालिम
पोखरा १ फागुन
समयदृष्टि
पोखरा ५, धारापानी मार्ग स्थित नमूना टोलमा महिलाहरुको लागि २ दिने क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।
पोखरेली दिदी बहिनी समूह पोखरा ५ र एकीकृत सेवा कार्यालय कास्कीको सहयोग तथा गृह श्रमिक संघ कास्कीको व्यवस्थापनमा सो तालिम सम्पन्न भएको हो ।
सो तालिममा ५० जना महिलाको सहभागिता रहेको थियो । तालिममा सहजिकरण गर्दै रेडियो सराङकोटका समाचार प्रमुख एवं वरिष्ठ पत्रकार कमल पौडेल अथकले बोल्ने कला सामान्य जस्तो लागेपनि सिलसिला मिलाएर बोल्ने काम निकै कठिन रहेको बताए । उनले कुनैपनि कार्यक्रम सफलताको लागि बोल्ने कला भएका व्यक्ति आवश्यक रहेको बताए ।
कार्यक्रम समापनको अवसरमा बोल्दै गृह प्रमिक संघ कास्कीका अध्यक्ष चेतमाया पंगेनीले तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्न सुझाव दिईन् ।
समूहका अध्यक्ष शारदा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शान्ति भण्डारी, सचिव झरना सेती र सहभागीको तर्फबाट सीता राना लगायतले बोलेका थिए ।
यस अघि तालिम शुभारम्मको अवसरमा बोल्दै पोखरा ५ का वडा अध्यक्ष विष्णुप्रसाद बरालले महिला शसक्तिकरणको लागि तालिम फलदायी हुने बताए ।
उनले यतिवेला निर्वाचन आचार संहिता लागेकोले वडाले कुनै कार्यक्रम आयोजना नगरेको बताए । चुनाव सम्पन्न भएपछि वडाले विभिन्न कार्यक्रम गर्ने जनाउँदै महिलाको लागि आवस्यक तालिमको लागि सहयोग गर्न तयार रहेको धारणा व्यक्त गरे ।
समूहका अध्यक्ष शारदा गिरीले महिलाहरुको विकासको लागि क्षमता विकास आवस्यक भएको बताइन् । उनले सहयोग जुटाईदिने कार्यालय र संस्था प्रति आभार व्यक्त गरिन्।
शारदा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य कल्पना भुवाजी क्षेत्री, गृहप्रमिक संघ केन्द्रीय उपाध्यक्ष लालिमाया रेग्मी, कास्की अध्यक्ष चेतमाया पेंगेनी, धारापानी आमासमूहका अध्यक्ष मीरा केसी, लोकनाथ अधिकारी, उपाध्यक्ष शान्ति भण्डारी र सचिव झरना सेती लगायतले बोलेका थिए ।