श्रावण ६ गते २०७८
जनमत संग्रहमा नगई सुखै छैन : विप्लव
काठमाडौं, ६ साउन। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले संसदीय व्यवस्थाको औचित्य समाप्त भइसकेको बताएका छन् । काठमाडौंमा पार्टीको अंग्रेजी मुखपत्र रेडफ्रन्ट विमोचन गर्दै उनले अहिले पञ्चायतकालमा भन्दा अचाक्ली विकृति देखिन थालेको बताए ।
राजनीतिको दलालीकरण भएको भन्दै उनले आफ्नो देशको निर्णय आफैं लिन नसक्ने अवस्था रहेको बताए । ‘अहिले पार्टी एकता गर्न विदेशी चाहिन्छ, फुटाउन विदेशी चाहिन्छ, उपचार गर्न विदेश चाहिन्छ, पञ्चायतमा पनि यति साह्रो विकृति थिएन,’ उनले भने, ‘दलालीकरणको भद्दारुप अहिले देखिइरहेको छ ।’ हरेक कुराको आफैं निर्णय गर्ने अवस्थाको सिर्जना गर्न वैज्ञानिक समाजवादको बाटोमा जानुपर्ने उनले बताए । वैज्ञानिक समाजवादको विषयमा जनमत संग्रहमा नगई सुखै नभएको विप्लवको भनाइ छ ।