माघ १० गते २०८०
आहा रारा पोखरा गोल्डकप हेर्ने फ्यानलाई पनि ५ हजार पुरस्कार
के तपाँई पोखरामा जारी आहा रारा पोखरा गोल्ड कप हेर्दै हुनुहुन्छ अब फुटवलको रौनकसंगै तपाँईले एकै खेल हेर्दै रमाईलो गरेर ५ हजार रुपैयासम्म हात पार्न सक्नु हुन्छ । यही माघ २० गतेसम्म पोखरामा संचालन हुने २३ औं संस्करणको आहा रारा पोखरा गोल्ड कपमा दर्शकलाई प्रोत्साहन गर्न फ्यान म्याच अफ दी म्याच घोषणा गरी ५ हजार पुरस्कार प्रदान गरिने भएको अग्रज फोटो पत्रकार शुर्दशन रञ्जितले पोखराक्लिकलाई बताउनु भयो ।
नेपाल फोटो पत्रकार संघ कास्कीको समन्वयमा हरेक खेलमा दर्शक दिर्घाबाट फुटवलको रौनक बढाउन गरिएको सेलिब्रेशनको फोटो खिचेर संघले उत्कृष्ट फ्यान म्याच अफ दी म्याच घोषणा गरी हरेक खेलमा ५ हजार पुरस्कार प्रदान गर्ने भएको हो । उद्घाटन खेलमा असोक परियारले उक्त उपाधि जित्दै १ हजार हात पार्न सफल हुनु भयो ।
बुधबारको खेलबाट भने उक्त फ्यान म्याच अफ दी म्याच घोषणा हुनेलाई ५ हजार पुरुस्कार प्रदान गरिने भएको हो । वेलायतमा बस्दै आउनु भएका रामचन्द्र गुरुङ्ग तथा उमा गुरुङबाट हरेक खेलको लागि फ्यान म्याच अफ दी म्याचलाई ५ हजार पुरस्कार सहयोग स्वरुप उपलब्ध भएकोले उक्त रकम प्रदान गरिने भएको हो । हरेक इभेण्टको महत्व समेत फोटोले बुझाउने हुदा आ
फुहरुले आहा रारा पोखरा गोल्ड कप संचालनकै क्रममा फोटो खिचेर निर्णायक कमिटिले दिएको सिफारिसको आधारमा उत्कृष्ट घोषणा सहित पुरस्कृत गरिने भएको संघका अध्यक्ष दुर्गा प्रसाद पौडेलले बताउनु भयो ।
सहारा क्लवको आयोजनामा मंगलबार भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई पराजित गर्दै थ्री स्टार क्लव २३ औं संस्करणको आहा रारा पोखरा गोल्ड कपको क्वाटरफाइनलमा प्रबेश गरेको छ । पहिलो प्रि–क्वाटरफाइनल खेलमा थ्री स्टारले आयोजक सहारा क्लबलाई २–१ को गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा यात्रा बनाएको हो । भोलि बुधबार राइजिङ स्टार क्लव बिरुद्ध त्रिभुवन आर्मी क्लव बिच खेल हुने भएको क्लवका अध्यक्ष केशवराज बरालले बताउनु भयो । प्रतियोगितामा सहभागि हुने पाहुना टोली भुटान पारो एफसी नेपाल भित्रिएको महासचिव रामजी प्रसाद अधिकारीले बताउनु भयो ।