वैशाख ३० गते २०८०
पोखरामा उपभोक्ता अधिकार र व्यवसायिक सचेतना
कमल पौडेल अथक
पोखरा ३०, बैशाख
पोखरामा व्यवसायिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय उपभोक्ता मञ्च कास्की र पोखरा उद्योग वाणिज्य संघको संयुक्त अगुवाईमा सो कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले छलफल पत्र प्रस्तुत गर्दै व्यवसायीहरु उपभोक्ताको अधिकारमा जिम्मेवार वन्नु पर्ने धारणा व्यक्त गरे ।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकवहादुर केसीले व्यवसायी र उपभोक्ता जिम्मेवार वन्ने हो भने बजारमा हुने ठगी र कालोवजारी स्वतः नियन्त्रण हुने वताए । उनले सवैले आफ्नो जिम्मेवारी र कर्तव्य भुल्न नहुने वताए ।
कार्यक्रममा सहभागीहरुले पोखरा महानगरपालिका जहिलेपनि नगरवासी प्रति जवाफदेहि नभएको गुनासो गरेका थिए । नागरिकका सरोकार रहने कुनै पनि कार्यक्रममा पोखरा महानगरपालिका जवाफदेही नभएको उनीहरुले गुनासो गरे । सो अवसरमा उपस्थित व्यवसायीहरुले आफ्ना समस्या सुनाएका थिए ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख शिवजी वराल, उपभोक्ता मञ्च कास्कीका अध्यक्ष राजेन्द्र लिगल, सचिव कमल पौडेल अथक लगायतले वोलेका थिए ।