फागुन १ गते २०७७
३५ जना विपन्न वालवालिकालाई लायन्सको शैक्षिक सामग्री
कमल पौडेल अथक
पर्वत कुष्मा,३० माघ
लायन्स क्लव अफ पोखरा पिपल चौतारी र लायन्स क्लव अफ पुष्पाञ्जलीले पर्वतको कुष्मामा पुगेर शैक्षिक सामग्री र विद्यालय पोशाक हस्तान्तरण गरेका छन् । पर्वतको कुष्मा नगरपालिका ११ रानिश्वारामा अवस्थित रानीस्वारा प्राविमा यी संस्थाले शुक्रवार सो सामग्री हस्तान्तरण गरेका हुन् । क्लवका अध्यक्ष डा ढाका श्रेष्ठले सो सामग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा कुष्मा नगरपालिकाकी उपप्रमुख सीता काफ्लेले नगरपालिका मै रहेको विद्यालयमा ९० प्रतिशत वालवालिका विपन्न रहेको वताइन् । उनले समाजिक संघ सस्था र सरकारको हातेमालोमा वालवालिकाको पढ्न र लेख्न पाउने अधिकार सुनिश्चित गर्नु आजको आवस्यकता भएको धारणा व्यक्त गरिन् ।
सो अवसरमा वोल्दै अध्यक्ष ढाका श्रेष्ठले समाजमा अनावस्यक राजनीतिले विकृति ल्याएको वताउँदै अव सामाजिक विकासको लागि समाज सेवीहरु चयन गर्नु पर्ने वेला आएको वताए । लायन्स जोन चियर पर्सन बासुदेव कोइरालाले अधिकांश विपन्न विद्यार्थी अध्ययन गर्ने विद्यालयमा शैक्षिक सामग्री वितरण गर्न पाउँदा खुसी लागेको वताए ।
कार्यक्रममा लायन्स पुषपाञ्जलीका अध्यक्ष दुर्गा श्रेष्ठ, वडा अध्यक्ष शिवप्रसाद पौडेल, पूर्व गाविस अध्यक्ष ख्याम सुवेदी, विद्यालयका प्रधानाध्यापक सुरेन्द्र पौडेल, साल्ट ट्रेडिङ पोखराका प्रमुख वासुदेव उपाध्याय, शिक्षकहरु झलक सुवेदी, रामवहादुर केसी, समाजसेवी वसन्तराज आचार्य, शिव खड्का लगायतले वोलेका थिए ।
सो अवसरमा विद्यालयका ३५ जना वालवालिकालाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।