वैशाख ७ गते २०८०

स्याङ्जाको आँधीखोलामा गरिएको रुख विरुवा फँडानीवारे अधिकारकर्मीको ध्यानाकर्षण,दोषी उपर छानविन गरी पीडितलाई न्याय दिलाउन माग गर्दै गण्डकी प्रदेश वन कार्यालय पोखरामा निवेदन

कमल पौडेल अथक
पोखरा ७, बैशाख
स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नं ३ पाख्रीवोट टोलमा गरिएको रुख विरुवा तथा फलफूल फँडानी बारे बातावरण संरक्षण महाअभियानले ध्यानाकर्षण भएको जनाएको छ ।
बाँदरको बहाना वनाएर सार्वजनिक स्थानमा रहेका चौतारो, पोखरी, धारा, कुवा, टेको विसौनीमा रहेका तथा व्यक्तिका जग्गामा भएका सार्वजनिक महत्वका रुख विरुवा तथा फलफूल फँडानी बारे ध्यानकर्षण भएको अभियानले जानकारी दिएको हो ।
स्थानीय टोलका केही व्यक्ति मिलेर पुर्खौदेखि हालसम्मका रुख विरुवा तथा फल फूलका बोट मास्ने कार्य नितान्त निन्दनीय छ, यो व्यक्तिको सम्पत्तिमाथिको अधिकार हनन हुनुको साथै बातावरण माथि कै हमला हो अभियानकर्मीहरुको ठहर छ । यस्तो निन्दनीय कार्यको जति आलोचना गरेपनि क्षम्य नहुने अभियानले जनाएको छ ।
यसैगरी अभियानकर्मीहरुको एक टोलीले बुधवार गण्डकी प्रदेश वन कार्यालय पोखरामा ध्यानाकर्षण गराएको छ । स्याङ्जा जिल्ला अन्तर्गत आँधिखोला गाउँपालिकाको पाख्रीबोट क्षेत्रममा बाँदर आतंक अन्त्य गर्ने वहानामा निजी बगैंचामा हुर्काइएका फलफूल र डालेघाँसका बोटबृक्ष लगायत ऐतिहासिक धार्मिक एवं स्वयं गाउँको नाम सँग जोडिएका दर्जनौ पाख्रीका रुख, धार्मिक सांस्कृतिक महत्वका बर, पिपल चौतारी, ऐतिहासिक धारा, कुवा, पोखरी छेउका बोट विरुवा नष्ट गरेको सम्वन्धमा ध्यानकर्षण भएको जनाएको हो ।
सो घटनाको अबिलम्व छानविन गरी दोषीमाथि कारवाही गरियोस् भन्दै गण्डकी प्रदेश बन निर्देशक रामकाजी श्रेष्ठ समक्ष ध्यानकर्षण गराएको महाअभियानले जानकारी दिएको छ ।
गाउँमा भएका सार्वजनिक महत्वका बोट विरुवा फलफूल तथा बर पिपल चौतारी मास्ने काम भएको घटना के हो ? यसका दोषी को को हुन् ? तत्काल यस कार्यालयबाट छानविन गरी दोषी उपर कारवाही गर्दै पीडित स्थानीयवासीलाई न्याय दिलाउन माग गर्दछौं ध्यानकर्षण पत्रमा भनिएको छ ।
अभियानका संयोजक रामवहादुर पौडेलको अगुवाईमा सामाजिक अभियान्ता चन्द्रवहादुर गुरुङ लगायतको टोलीले निर्देशक समक्ष ध्यानाकर्षण गराएको जानकारी दिएको छ ।
ध्यानाकर्षण पछि निर्देशक श्रेष्ठले तत्काल डीभीजन वन कार्यालय स्याङ्जालाई आदेश दिने जानकारी दिएको अभियानका संयोजक रामवहादुर पौडेलले जानकारी दिएका छन् ।
ध्यानाकर्षण उजुरी बुझ्दै गण्डकी प्रदेश वन निर्देशनालयका निर्देशक रामकाजी श्रेष्ठले रुख विरुवा फँडानीमा दुई थरी मुद्धा आकर्षित हुने वताए । लोपोन्मुख ऐतिहासिक चौतारीका बरपिपल, कुवा, पोखरी धारा, टेको विसौनीका सितल दिने रुख, दारेगिठो काठ, साल, धार्मिक र स्थान विशेषको नामसंग जोडिएको पाख्रीको हकमा बन ऐन आकर्षित हुने बताए ।
यसैगरी व्यक्तिको निजी जग्गामा रहेका अन्य काठ तथा फलफूलको हकमा सिधै व्यक्तिवादी देवानी फौजदारी मुद्धा आकर्षित हुने वताए ।
उनले घटनाको प्रकृति वारे स्थलगत अध्ययन अवलोकन र क्षति मूल्याङ्न पछि मात्र कुन मुद्धा आकर्षित हुने भन्ने वारे जानकारी हुने वताए । क्षति मुल्याङ्कनको लागि डीभिजन वन कार्यालय स्याङ्जालाई तत्काल निर्देशन दिने पनि गण्डकी प्रदेश वन कार्यालय प्रमुख रामकाजी श्रेष्ठले वताए ।
यस अघि स्थानीय पीडितहरुले अख्तियार दुरुपयोग अनुशन्धान आयोग गण्डकी प्रदेश कार्यालय पोखरामा ऐतिहासिक धार्मिक महत्वका रुख फलफूल तथा बोटविरुवा फँडानी वारेको घटनाको छानविन गरी दोषी उपर कारवाही गरी पीडित परिवारलाई न्याय दिलाउन माग गर्दै उजुरी दिएका छन् ।
रुख बिरुवा फँडानी काण्ड र यस सँग जोडिएको अन्तर्वस्तु
घर गोठलाई छोएका रुख विरुवाका हाँगा छिमल्ने सहमति स्थानीय बीचमा हुन सक्छ । त्यो पनि कानूनी भाषामा मौखिक नभई लिखित वा ल्याप्चे हुनु पर्दछ । तर फेदैबाट कुनै पनि बोट विरुवा फँडानी गर्न पाइँदैन । यो काण्डमा फेदैवाट ढाल्ने काममा स्थानीय वासीको सहमति लिएपनि वा नलिएपनि बातावरण संरक्षण संवन्धि कानून आकर्षित हुन्छ ।
बाँदर धपाउने बहानामा जथाभावि रुख विरुवा कटान गर्नु गलत भएको संरक्षणकर्मीहरुको भनाइ छ । तर आँधीखोलाको पाख्रीवोट टोलमा यो विधी अपनाइएको छैन । कसैले नकाटम् नमासम् भन्यो भने उसलाई धम्याइएको पीडितहरले वताएका छन् । गाँउको नाम रहेका पुस्तौदेखि हालसम्मका पाख्रीका रुख नै फेदैवाट ढालिएको र गाउँको नाम नै मेटिएको स्थानीय पीडितहरुले वताएका छन् । अझ पाख्री गाउँको नाम सँग जोडिएको मात्र नभएर किरियाकर्मको ११ दिनमा खोचा वगाउन समेत प्रयोग हुने भएकोले धार्मिक र सांस्कृतिक महत्व सँग पनि गाँसिएको संरक्षणकर्मीहरुको भनाई छ ।
यता जथाभावि रुख विरुवा फँडानी गर्नेहरुले जसको सहमति विना रुख तथा फलफूलका बोट विरुवा काटेका छन् उनीहरु सँग नै प्रति घर २ हजार रुपैयाँ दिन दवाव दिएको स्थानीय पीडितहरुले वताएका छन् ।
यो कार्यमा आँधीखोला गाउँपालिका र संवन्धित वडा कार्यालय वडा नं ३ संलग्न नरहेको उनीहरुले जानकारी दिएका छन् ।