भाद्र २६ गते २०७६
आन्तरिक विवाद मिलाउदै नेकपा निकट युवा संघले गर्यो यि महत्वपुर्ण निर्णयहरू
भदौ-२६
राष्ट्रिय युवा संघ नेपालको ३३५ सदस्यीय केन्द्रीय समिति हुने भएको छ । वाइसियल नेपाल र युवासंघ नेपालबीच भएको कार्यगत एकतापछि बनेको राष्ट्रि युवा संघ नेपालको संगठनात्मक एकता प्रक्रियाका लागि बसेको बैठकले संघको केन्द्रीय समिति ३३५ सदस्यीय बनाउनका लागि पार्टीसँग माग गरिएको बताएको छ ।
यहि भदौ २५ गते संगठनका ईन्चार्ज महेश बस्नेत, सहइन्चार्ज तथा संयोजक रामप्रसाद सापकोटा ‘दीपशीखा’ तथा रमेश पौडेलको उपस्थितिमा बसेको उक्त बैठकले सो माग गर्दै विभिन्न निर्णय समेत गरेको छ ।
संघले ४ सदस्य पछि मनोनित गर्ने गरी ३३१ मध्ये साविक युवा संघ नेपालबाट १७६ र साविक वाइसियल नेपालबाट १५५ सदस्य चयन गरिने निर्णय समेत गरेको छ ।
त्यस्तै निर्णय नम्बर २ मा केन्द्रीय समितिको एक तिहाइ हुन आउने १११ सदस्यीय सचिवालयमा साविक वाइसियल नेपालबाट ५२ र साविक युवासंघबाट ५७ सदस्य चयन गरिने बताइएको छ ।
उक्त निर्णयको तेश्रो नम्बरमा केन्द्रीय कार्यालयको ९ सदस्यका लागि युवासंघ नेपालबाट ५ र वाइसियल नेपालबाट ४ सदस्य चयन गरिनेछ ।
संघको केन्द्रीय कार्यालय पेरिस डाँडामा रहने बताउँदै संघले यसअघि प्रस्तावित मस्यौदा विधान यो निर्णय समावेश गरी पारित गरिएको समेत बताइएको छ ।
त्यसैगरी संघको प्रदेश नं ७ र ३ मा साविक वाइसियल नेपाल र ४ मा साविक युवासंघ नेपालले संगठनात्मक नेतृत्वको जिम्मेवारी लिने पनि निर्णय नम्बर ६ मा बताइएको छ ।
त्यस्तै निर्णय नम्बर ७ मा ७७ जिल्लामध्ये ४२ जिल्लमा साविक युवासंघ नेपालले तथा ३५ जिल्लामा साविक वाइसियल नेपालले संगठनात्मक नेतृत्व लिने बताइएको छ ।
संघले एकता प्रक्रियालाई शिघ्र टुंग्याउन यहि भदौ २७ गते साविक पदाधिकारीको संयुक्त बैठक, कार्यालय उद्घाटन तथा पदभार ग्रहणको कार्यक्रम राखिएको समेत बताइएको छ ।