माघ १० गते २०७९

‘कर्पोरेट स्वास्थ्य जाँच योजना‘मा सहमति

पोखरा, १० माघ ।
मनिपाल शिक्षण अस्पताल र बतास फाउन्डेसन बिच ‘कर्पोरेट स्वास्थ्य जाँच योजना‘मा सहमति भएको छ । अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज ‘ब्यबसायीक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परिक्षण योजना’मा अस्पताल र बतास फाउन्डेसन बिच सहमति भएको हो । बतास फाउन्डेसनमा कार्यरत कर्मचारीहरुले मणिपाल शिक्षण अस्पतालको स्वास्थ्य सेवामा छुट पाउने छन्। मणिपाल शिक्षण अस्पताल पोखरा र बतास फाउन्डेसनबीच स्वास्थ्य सेवा सुबिधा सम्बन्धी सहमती भएसँगै फाउन्डेसनमा आबद्द कर्मचारीहरुले सो सुविधा पाउने भएका हुन् ।

मणिपाल शिक्षण अस्पतालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनील ओडुविल र बतास फाउन्डेसनको तर्फबाट मानव संसाधन प्रबन्धक भोला तिमील्सिना बीच सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमति पत्रमा हस्ताक्षर भए अनुसार अब फाउन्डेसनका कर्मचारीहरुले मणिपालको स्वास्थ्य सेवा लिँदा दर्ता शुल्क लाग्ने छैन। त्यस्तै,संघका सदस्यले मणिपालको साधारण बेडमा २५ प्रतिशत, निःशुल्क डाक्टरी परामर्श,साधारण एमआरआइ र सिटी स्क्यानमा १० प्रतिशत छुट पाउने छन् ।