वैशाख ५ गते २०८०

नेपालमा संघीयता ठुला गफ गर्ने थलो

६ बैशाख ,पोखरा

नेपालमा संघीयता केवल आआफ्ना ढंगले समाजबादको ठुला गफ गर्ने थलो भएको छ । किनकी रेभिन्यु बेस इकोनोमी नभएकाले संघीयता गफमा मात्र सिमित हुनपुगेको संघीयता कार्यन्वयन इकाईका आधिकारी ब्यक्तित्व र सम्बन्धित बिज्ञहरुको राय छ । प्रदेश सरकार नाम मात्रका सरकार हुन स्वतन्त्र निर्णय गर्ने अधिकार र अन्तर प्रदेश वा संघ प्रदेश बिचको कुनै समन्वय नै छैन ।

यो कुरामा स्वयम बर्तमान मुख्य मन्त्री तथा पूर्व मुख्य मन्त्री र कार्यक्रममा उपस्थित अधिकांस बिद्धानबत्ताहरुको समान मत थियो । मंगलबार कास्की जिल्ला प्रशासन कार्यलय परिसरको गण्डकी प्रदेश नीति तथा योजना आयोगको सभाहलमा भएको कार्यक्रममा पोखरा क्षेत्रका प्राज्ञ, जनप्रतिनिधी, प्रदेश सभासद र प्रदेश मुख्य मन्त्री समेत उपस्थितीमा संघीयताका अवसर र चुनौतीबारे अन्तरक्रिया भएको थियो ।
नेपालमा संघीयता अवसर र चुनौती विषयक सो अन्तरक्रिया कार्यक्रममा प्राध्यापक डा बिश्वकल्याण पराजुली र प्राध्यापक डा गणेश गुरुड.ले कार्यपत्र पस्तुत गरेका थिए । गण्डकी प्रदेशका माननिय मुख्यमन्त्री खगराज अधिकारीको प्रमुख आथित्यतामा भएको सो अन्तरक्रिया कार्यक्रममा प्रा डा लेखनाथ भट्टराई प्रा ठान बहादुर क्षेत्री र डा गिरिधारी शर्मा पौडेलले टिप्पणी गरेका थिए ।

कार्यक्रम प्रदेश नीति तथा योजना आयोग र नेपाल समाजशास्त्र संघको संयुक्त आयोजनामा भएको हो । कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोग सदस्य शान्ता खत्री, पृथ्वीनारायण क्याम्पस पोखराको समाजशास्त्रका शिक्षक तथा बिद्याथीहरुको उपस्थिती रहेको थियो । पोखरा क्षेत्रमा अध्यापन गर्ने अधिकांस प्राज्ञहरुको उपस्थिती रहेको सो कार्यक्रममा संघीयताले नेपाली जनता र नेपाल देशलाई आगामी दिनमा कस्तो बाटो देखाउछ भन्ने बारेमा बहस भएको थियो । कुनै कर र आर्थिक हैसियत नपाएको नेपालमा माइलो सरकार भनेर चिनिने संघीय सरकारको औचित्य माथी नै बढि प्रश्न उठाइएको थियो ।