कास्की जस्को नाम कास्कीकोट र पुरानो कास्की राज्यबाट रहन गएको हो । कास्कीकोट कस्यप ऋषिले तपस्या गरेको पवित्र भूमी मानिन्छ यसैले कस्यपको तपोभूमी भएकाले नै यो स्थानको नाम कास्की रहन गएको श्रुतीहरु पाइन्छ । पहिलेको बाइसी राज्य अन्तरगतको यो राज्य लामो समय मगरहरुले राज्य गरे । पछी मगरहरुको राज्य घलेहरुले आक्रमण गरि आफ्नो बनाए । यहा घलेहरुको बस्ती सारै पातलो थियो भने पुरानो राज्य सम्हालेको मगरहरुको बस्ती बाक्लो थियो । तर घलेसग मगर रिसाएका थिए भने आक्रमण गर्न सक्ने क्षमतामा भने थिएनन् । यसै समय सन १०५६ मा स्याड.जा, नुवाकोटे राजा जगती खाडले राज्य बिस्तार गर्नेक्रममा कास्कीमा आक्रमण गरे । आक्रमणको क्रममा जगती खाडले आफना १२४ जना कुवर सिपाइहरु, खड्गसिह कुवर जस्ता लडाकुहरुको नेतृत्व, सुसरण पराजुली, शिवशरण त्रीपाठी जस्ता पुजारी, ज्योतीषी, कमानसिह रानामगर,तिगुले भटटे दमाइ जस्ता दलबल साथ आएका थिए । फेरी यहीका रैथाने मगरसग मितेरी साइनो लगाइ चारैतिर बाट घेरा हालेर घले राजा प्रम घले र उनका भाई साम्य घलेलाई पराजित गरि बिक्रम सम्बत १११३ बैशाख २४ गते जगती खाड कास्कीका राजा बने । तत्कालिन कास्की राज्य पूर्वमा सराड.कोट, पश्चिममा पाउदुर, उत्तरमा हेम्जाफाट र दक्षिणमा चापाकोट मात्र थियो ।
यस राज्यको राजधानी खडगाउ थियो भने अहिलेको कोट बास्तवमा हतियार राख्ने कोत थियो पछी कोट भनिन थालियो । यहा भएका वा राजासग आएका पुजारी, सैनिक, दमाई वा बिभिन्न समुहहरुलाई बिभिन्न चाडपर्व तथा राज्यका आवश्यक फरक फरक कामको बिभाजन गरियो, जस्तै कोटको भित्री पुजा, बाहिरी पुजा, बली तथा अक्षता, नगरा बाजा बजाउने कार्य, सरुन खेल्ने कार्य जस्ता धेरै कार्य सम्पन्न गरेबापत राज्य भित्रका बिभिन्न जग्गा जमिन प्रदान गरियो । यही परम्परा अन्तरगत अहिले पनि कुवरहरु ढाल तरवार लिएर सैनिक परेड अर्थात सरुन खेल्ने, दमाइजातीहरु बाजा तथा नगरा बजाउने, मगर, त्रिपाठी र तिमिल्सेनाहरु पुजापाठ गर्ने आदी भैआएको पाइन्छ र हाम्रो सस्कृती बनी आएको छ ।
कुलमण्डन खाड त्यो बेलाका शाहसी र दुरदृष्टीका निकै चर्चित राजा थिए । उनले राज्य बिस्तार गर्ने क्रममा पश्चिम मोदी नदीसंम पुगे भने उत्तरमा हिम जरासम्म पुगे । यस्तै पूर्वमा राजाका चौतारासम्म र दक्षिण स्याड.जा भिरकोट सम्म फैलियो । यिनै कुलमण्डल खाड गया, काशी र ४ धामका लागि भ्रमणमा निस्किए । उनको भ्रमणदलमा बिभिन्न बैद्य तथा औषधीहरु जडिबुटी पनि लगिएको थियो । राजा कुलमण्डन दिल्ली दरबारमा पुगेर म एक सानो राज्यको राजा हु भनी परिचय दिए । यसै समय त्यस मुगल राजाकी पत्नी रानी बिरामी थिइन । कुलमण्डनले आफुसग लगेका जडीबुटी र औषधीमुलो दिएर आफु तिर्थ यात्रामा निस्किए । केही समय पछि उनी फर्केर त्यही आउदा रानी उक्त औषधीको प्रभावले निको भैसकेकी थिइन । मुगल राजा अत्यन्त खुसी भै केही उपहारका साथ कुलमण्डन खाडलाई शाह उपाधी पनि दिए । त्यसपछी कुलमण्डन खाडबाट कुलमण्डन शाह हुदै उनका सन्तती शाह बंशको रुपमा नेपालमा शासन गरे । इतिहास अनुसार बि सं १५३० मा राजा भएका कुलमण्डन शाह निकै प्रतापी थिए । उनकै पालामा कास्कीकोटमा ठुली पोखरी, खडगाउ पोखरी, राज्यको ढिकुटी प्रयोगगरी ढिकुरपोखरीमा अरु २ पोखरी निमार्ण गरेका थिए । उनी १५५२ संम्मबाचे त्यसपछी कास्कीको राजा कुलमण्डन शाहकै जेठाछोरा राज शाह, प्रताप शाह हुदै अन्त्यमा अर्थात बि सं १८४२ मा नेपाल राज्यमा गाभिने समय सिद्धिनारायण शाहले कास्कीमा राज्य गरेका थिए । उता लमजुड.का राजाहरु बिचको झगडाले त्यहाका दुराहरुले नया राजा खोज्दै थिए । कुलमण्डन शाहसग एक छोरा दिनलाई आग्रह गरे भने कुलमण्डन शाहकै अर्का छोरा यशोब्रम शाहलाई लमजुड. लगेर राजा बनाइयो । यशोब्रमका जेठा छोरा नरहरी शाहले लमजुड.मा राज्य गरे भने कान्छा छोरा द्रब्य शाह गोर्खाको लिगलिगकोटमा दौड प्रतियोगितामा प्रथम भै बि सं १५५९ मा गोर्खाको राजा बने । यिनै द्रब्य शाहका सन्तान शाह बंस बनि बि सं २०६३ सम्म ज्ञानेन्द्र बिर बिक्रम शाहले अन्तिम राजाको रुपमा शासन चलाएको नेपालको इतिहासमा पाइन्छ ।
कमल पौडेल अथकपोखरा १५, असोजगोर्खा भूतपूर्व सैनिक संघको अध्यक्षमा फेरि पदमवहादुर गुरुङ आएका छन् । यही कार्तिक ३ गते अघिल्लो कार्यसमितिको पदावधि समाप्त भएपछि पदमवहादुर गेसोको नेतृत्व गर्दै अध्यक्षको...
Read More
काठमाडौं,२६ कात्तिक । रेडियो नेपालले इन्जिनियरदेखि संवाददातासम्मका पदहरुमा स्थायी पदपूर्तिका लागि विज्ञापन खुलाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मातहतमा सञ्चालन हुँदै आएको रेडियो नेपालले इन्जिनियर, प्रशासकीय अधिकृत, व्यापार...
Read More
काठमाण्डौ,२८ माघ । नेकपाको प्रचण्ड–नेपाल समूहको विरोध प्रदर्शनका कारण चक्रपथ भित्र ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । बिहानैदेखि चक्रपथ भित्र चारपाङ्ग्रे गाडीलाई प्रवेश निषेध गरिएको छ ।पुतली सडक, पद्मोदयमोड,...
Read More
कमल पौडेल अथक पोखरा २७, साउन नेपाली कांग्रेस पोखरा १७ का असन्तुष्ट कार्यकर्ताहरुले शनिवार वडामा हुन लागेको बिशेष आन्तरिक अभियान रोक्न माग गरेका छन् । शुक्रवार नेपाली कांग्रेस पार्टी...
Read More