२७,भाद्र पोखरा पोखरा उद्याग वाणिज्य संघ अध्यक्षमा पवनकुमार प्रजापति निर्वाचित भएका छन् । संघको ३४ औं महाधिवेशनबाट पवन प्यानलले पदाधिकारी र सदस्यमा समेत वर्चश्व कायम गरेको छ । अध्यक्षका प्रत्यासी अर्जुन पोखरेललाई ७१६ मतान्तरले पछि पार्दै आगामी २ वर्षे कार्य कालका लागि निर्वाचित पवनले कुल खसेका े २५४९ मतमध्ये १६१३ मत प्राप्त गरेका छन ् । अर्जुनले ८९७ मत ल्याए । संघमा यसअघि वरिष्ठ उपाध्यक्ष रहेका पवन र उपाध्यक्ष (वाणिज्य) रहेका अर्जुन प्यानलसहित चुनावी प्रतिस्पर्धामा थिए ।
शनिबार भएको मतदानको आइतबार राति सम्पन्न अन्तिम मतपरिणाममा उद्योगतर्फ उपाध्यक्ष र खुला ४ सदस्यबाहेक सबैमा पवन प्यानल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की निर्वाचित भए । उनले वरिष्ठ उपाध्यक्षका प्रत्यासी हरिहर सापकोटालाई ९७५ मतअन्तरले पराजित गरेका हुन् निर्वाचित गोकर्णले १७१३ र हरिहरले ७३८ मत प्राप्त गरेका छन् । उपाध्यक्ष (उद्योग) मा देवेन्द्र केसी, उपाध्यक्ष (वाणिज्य) उत्तममान बुद्धाचार्य निर्वाचित हुँदा महासचिवमा बलराम आचार्यले बाजी मारेका छन् । युवा व्यवसायी देवेन्द्रले चुनाव जितेर अर्जुन प्यानलको साख जोगाए । उनले १७९१ र प्रत्यासी हिरामणि पण्डितले ७२० मत प्राप्त गरेका छन् । दुवैबीच १०७१ मतान्तर अन्य प्रतिस्र्पधीबीच सब ैभन्दा धेरै हो । उपाध्यक्ष (वाणिज्य) तर्फ निर्वाचित उत्तममानले ९६९ र सोभित पौडेलले ८७८ र कुमारी मुना बास्तोलाले ६४८ मत ल्याए । महासचिवमा त्रिपक्षीय प्रतिस्पर्धा भएकोमा पवन प्यानलबाट बलराम आचार्यले ८१ मतान्तरले चुनाव जिते । उनले ९१० मत प्राप्त गरे भने निकटतम् प्रतिस्पर्धी केशव खत्रीले ८२९ र तारानाथ ढुंगानाले ७६९ मत प्राप्त गरे । यस्तै, कोषाध्यक्ष दिनेशचन्द्र बास्तोला र उपमहासचिव शोभा गौतम निर्वाचित भएका छन् । दिनेशको १५९९ आउँदा प्रत्यासी हरिराज पन्तले ९०५ मत प्राप्त गरे । उपमहासचिवमा निर्वाचित शोभाले १७५५ र हर्कबहादुर अधिकारी (मिरज) ले ७५८ मत प्राप्त गरे ।
१० खुला सदस्यमा पवन प्यानलकी प्रभा सुवेदील े लोकप्रिय मत (१४४८) पाएकी छन् । पवन प्यानलबाट प्रभासहित बालकृष्ण कोइराला (१३६२), सुदीप प्रधानाङ्ग (१३३५), भीम गौतम (१२६९), मनोजकुमार श्र ेष्ठ (१२२२) र सुदीप ओझा (११३७) निर्वाचित भए । उता अर्जुन प्यानलबाट दिलीपकुमार श्रेष्ठ (१३०९), भरत केसी (१३०९), कृष्णप्रसाद कोइराला (१२८८) र माधव बस्ताकोटी (१२६०) निर्वाचित भए । बस्तुगततर्प जीवनप्रकाश श्र ेष्ठ (२७), प्रेमप्रसाद सुवेदी (२७), लीलाधर चपाई (२२) र लेखनाथ सुवेदी (२३) निर्वाचित भए । कर्पोरेटतर्फ बन्दना कार्की केसी र रामप्रसाद क ँड ेल तथा उद्या ेगतर्फ युवकबहादुर बस्नेत यसअघि नै निर्विरोध भएका थिए ।
३१४३ मतदातामध्ये ८१ अर्थात् २ हजार ५ सय ४९ जनाले मतदान प्रक्रियामा भाग लिएको निर्वाचन संयोजक दीपक श्रेष्ठले जानकारी दिए । संघमा २९ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ । रिक्त ४ सदस्य निर्वाचित अध्यक्षले मनोनयन गर्ने छन् । यसैबीच, आइतबार राति नै निवर्त मान अध्यक्ष नारायण कोइरालले नवनिर्वाचित अध्यक्षलाई सपथ गराए भने अध्यक्षले अन्यलाई सपथ ग्रहण गराएका थिए । निर्वाचितपछि अध्यक्ष पवन प्रजापतिले आफ्ना १७ बुँदे चुनावी प्रतिबद्धतासहित अर्जुन प्यानलको ८ बुँदालाई समेत समेट्दै उद्योग व्यवसायीको हकहितमा काम गर्ने प्रतिबद्धता जनाए । पोखराकै सबैभन्दा पुरानो स ंस्था पोखरा उद्योग वाणिज्य संघको स्थापना २०११ सालमा भएको हो ।
पोखरा, २१ चैत । पोखरामा आज बाट सुरु भएको १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक सहारा क्लब पोखरालाई हराउँदै विभागीय टोली नेपाल एपिएफ क्लब सेमिफाइनलमा प्रवेश...
Read More
काठमाडौं,२३ माघ । नेकपा प्रचण्ड-माधव समूहले स्वेतपत्र जारी गर्ने तयारी गरेको छ । आफ्नै पार्टीबाट निरंकुश प्रवृत्ति देखिएको भन्दै प्रचण्ड-माधव समूहका नेताहरुले आत्मसमीक्षा गरेर स्वेतपत्र जारी गर्ने बताएका हुन्...
Read More
माछापुच्छ«े गाउपालिका धिताल अस्ताममा रहेको अन्नपूर्ण इको भिलेज वाट देखीएको हेमजा गाउँ र भुपि शेरचन राजमार्ग को मनोरम दृश्यतस्विरः दुर्गा प्रसाद पौडेल
Read More