७ कार्तिक,पोखरा पोखरा फोटोग्राफर संघद्वारा नेपालीहरुको दोस्रो ठ्रलो चाड तिहार को अवसर मा देउसी भैलो साथै शुभकामना आदान प्रदान गरी सम्पन्न गरेको छ । पोखरा फोटोग्राफर संघका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष जयन्द्र कुमार राजभ०डारीको प्रमुख आतिथ्यमा सुसम्पन्न भएको कार्यक्रममा संघका उपाध्यक्ष भक्त तामाङ ले स्वागत मन्तव्य राखेका थिए।
प्रमुख अतिथि राजभ०डारीले फोटोग्राफी ब्यवसायको हक र हितका लागी स्थापना गरिएको यस संस्थाले बिभिन्न सामाजिक कार्यहरु र ब्यवसायिक हक र हितका कार्यहरु क्षमता अभिवृद्धि जस्ता सह्रानियकार्यहरु गर्दै आइरहेको र अझ नेपाली सस्कृतिको रक्षाका लागी यस्ता खालका कार्यक्रमहरु बेलाबेलामा गरि राख्नुपर्नेमा जोड दिए । कार्यक्रममा पोखराफोटोग्राफर संघ महिला उप समिति संयोजक रिता पौडेल महिला उपसमिति सह संयोजक डेक कुमारी जलारी के सि पूर्व अध्यक्ष रविनाथ दाहाल, नि अध्यक्ष जनकराज तिवारी , कैलाश बचत तथा ऋण सहकारी संस्था का अध्यक्ष खडानन्द अधिकारी, संघका संरक्षक गणेश छवि, लगायत ले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
पोखरा फोटोग्राफर संघले आफ्ना सदस्यहरु बिच प्रत्येक बर्ष शुभकामना आदान प्रदान तथा देउसी भैलो कार्यक्रम गर्ने गरेको छ र यसरी गरिने देउसी भैलो कार्यक्रमवाट उठेको रकम पोखराफोटोग्राफर संघ द्वारा संचालित राहतकोषमा जम्मा गरिने गरीएको छ यसपाली को देउसी भैलोमा करीव ६०हजार रुपैया संकलन भएको कुरा संघकी कोषाध्यक्ष नन्दकला पौडेलले बताएकी छन।
कार्यसमिती सदस्य स्वदेश साई को संयोजन तथा पोखरा फोटोग्राफर संघ महिला उप समितिको ब्यवस्थापनमा संचालित सो कार्यक्रम संघ का सचिब देवानन्द पोख्रेल ले सञ्चालन गरेका थिए । कार्यक्रम को समापन गर्दै संघ का अध्यक्ष रामचन्द्र पोखरेल ले सबैलाई धन्यबाद ज्ञापन गर्दै सबैको सहयोगका कारण संस्थाका कार्यक्रमहरु सफल हुने कुरामा जोड दिए।
५ चैत,पोखरा खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा दीननाथ बराल निर्वाचित भएका छन् । मञ्चको शनिबार सम्पन्न तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनबाट बराल अध्यक्षमा निर्वाचित भएका हुन् । कुल...
Read More
पोखरा, ०१ असार ।कोरोना भाइरसले फेरि रुप बदलेको छ । दोस्रो लहरमा खतरनाक मानिएको डेल्टा भेरियन्ट अझै बढी आक्रामक बनेर आएको हो । भारत, बेलायतलगायतका देशमा रूप बदलेको कोरोना...
Read More
५ चैत,पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ अन्तर्गत पर्ने टाँडीबिसौनीमा पञ्चासे जैबिक बिबिधता पार्कको प्रारम्भिक निर्माण कार्य शुरु हुने भएको छ । प्रदेश सरकारको सहयोगमा निर्मित सो...
Read More
पोखरा, १३ साउन । देशभर विद्युतीय सवारी ९ईभी० को प्रयोगलाई तीव्र पार्ने क्रममा प्रोटोनले आफ्नो तेस्रो सोरुम सोमबारदेखि पोखरामा सञ्चालनमा ल्याएको छ । नेपालका लागि प्रोटोन ईभीको आधिकारिक वितरक...
Read More