बृद्धाश्रममा पुर्याउने प्रबृतिको अन्त्य गर्नुपर्छः मन्त्री बराल
पोखरा ९, भदौं गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले बृद्धाश्रममा पुर्याउनेप्रबृतिको अन्त्य गर्नुपर्ने बताउनु भएको छ । पोखरा १७ मा रहेको पोखरा बृद्धाश्रमको विहिबार सम्पन्नभएको २५ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो । पछिल्लो समयमा छोरा, छोरीहरुले आफ्ना बाबु आमाप्रति गर्नुपर्ने दाहित्व विर्सियर बुढेसकालमा बृद्धाश्रममा पुर्याउने परिपार्टी निकै दुःखलाग्दो भएको मन्त्री बरालको भनाई थियो । बाबु आमाले जन्मायर डाक्टर, इन्जिनियर, राजनितिज्ञ लगायतका समाजका प्रतिष्ठित व्यक्तिको रुपमापहिचान गराएपनि बुढेसकालमाबाबु आमाको छोराछोरीहरु सहारा बन्नु पर्नेमामन्त्री बरालको जोड थियो ।
हरेक परिवारका छोरा छोरीले आफ्नो बाबु आमालाई घर घरमै व्यबस्थापनगर्न सके बृद्धाश्रममा जानेको सङख्या निकै न्यूनहुने उहाँको भनाई थियो । विभिन्न कारणले गर्दा बृद्धाश्रममा पुगेकाहरुको रेखदेखमा खटिनु नै ठुलो धर्म भएको मन्त्री बरालले बताउनु भयो । वेवारिषे बाबु आमा सहित विभिन्नव्यक्तिहरुको राम्रोसंग पालनपोषण गर्नु भनेको चार धाम गर्नु भन्दा ठुलो र पुण्य कार्य हुने उहाँको भनाई थियो । कार्यक्रममा जिल्ला समन्वय समितिकास्कीका प्रमुख लीलाधर पौडेलले विभिन्नदाताहरुको सहयोगले गर्दा बृद्धाश्रमहरु संचालनहुदै आएकोले सक्नेले केही न केही सहयोग गर्नुपर्नेमाजोड दिनु भयो ।
उक्त अवसरमा पोखरा बृद्धश्रमका कर्मचारी समिक्षा अधिकारी,उज्वल आमा समुह, पोखरा १७ सक्नेरी, लोक सँस्कृति संरक्षण समिति, पोखरा १७ सक्नेरी, जेष्ठ नागरिक दिवा सेवा, पोखरा १७ सक्नेरी र अम्विका भागवत फाउण्डेशन पोखरा १८लाई सम्मान गरिएको पोखरा बृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीले बताउनु भयो । पोखरा बृद्धाश्रममा हाल ४८ जना ज्येष्ठ नागरिक रहेको कोषाध्यक्ष धर्म गुरुङले बताउनु भयो । पोखरा बृद्धाश्रमकाअध्यक्ष पराजुलीको अध्यक्षतामा सम्पन्नभएको कार्यक्रममा ज्येष्ठ नागरिक सरोकार समाजका इच्छा बहादुर वाग्ले, जानकीमाविकाअध्यक्ष टिकाराम भण्डारी, सिद्धार्थ क्लवका अध्यक्ष प्रमोद नारायण श्रेष्ठ, अधिवक्ता गिता लामिछाने, अम्बिका फाउण्डेसनका अध्यक्ष अम्बिका नेपाल, सचिव केशवराज लम्साल, सदस्य सिता काफ्ले लगायतले वोलेका थिए ।
पोखरा, २८ चैत । पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप प्रतियोगिताको फाइनल खेल आज हुदैछ । उपाधिका लागि अफ्रिकन रूट एसोसिएसन र संकटा क्लब भिड्दैछन् । आज...
Read More
काठमाडौं,११ साउन । नेपालमा कोरोना संक्रमणको तेस्रो लहर असोज १५ देखि आउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड–१९ रोकथाम...
Read More
पोखरा १२, मंसिरकमल पौडेल अथक नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त वराल निर्वाचित भएका छन् । शनिवार दोश्रो पटक भएको मतदानमा प्रतिस्पर्धी सुदीप मोहन भट्राइलाई ८० मतले पराजित गर्दै बराल...
Read More
कमल पौडेल अथकपोखरा १४, जेठजिल्ला अनुगमन समिति कास्कीले कोरोना महामारीको बीचमा पोखरामा संञ्चालित फार्मेसीहरुको अनुगमन गरेको छ । समितिले हिजो पोखराका फार्मेसीहरुको अनुगमन गरेको हो ।अनुगमनका क्रममा समितिले कैफियत...
Read More