बृद्धाश्रममा पुर्याउने प्रबृतिको अन्त्य गर्नुपर्छः मन्त्री बराल
पोखरा ९, भदौं गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले बृद्धाश्रममा पुर्याउनेप्रबृतिको अन्त्य गर्नुपर्ने बताउनु भएको छ । पोखरा १७ मा रहेको पोखरा बृद्धाश्रमको विहिबार सम्पन्नभएको २५ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो । पछिल्लो समयमा छोरा, छोरीहरुले आफ्ना बाबु आमाप्रति गर्नुपर्ने दाहित्व विर्सियर बुढेसकालमा बृद्धाश्रममा पुर्याउने परिपार्टी निकै दुःखलाग्दो भएको मन्त्री बरालको भनाई थियो । बाबु आमाले जन्मायर डाक्टर, इन्जिनियर, राजनितिज्ञ लगायतका समाजका प्रतिष्ठित व्यक्तिको रुपमापहिचान गराएपनि बुढेसकालमाबाबु आमाको छोराछोरीहरु सहारा बन्नु पर्नेमामन्त्री बरालको जोड थियो ।
हरेक परिवारका छोरा छोरीले आफ्नो बाबु आमालाई घर घरमै व्यबस्थापनगर्न सके बृद्धाश्रममा जानेको सङख्या निकै न्यूनहुने उहाँको भनाई थियो । विभिन्न कारणले गर्दा बृद्धाश्रममा पुगेकाहरुको रेखदेखमा खटिनु नै ठुलो धर्म भएको मन्त्री बरालले बताउनु भयो । वेवारिषे बाबु आमा सहित विभिन्नव्यक्तिहरुको राम्रोसंग पालनपोषण गर्नु भनेको चार धाम गर्नु भन्दा ठुलो र पुण्य कार्य हुने उहाँको भनाई थियो । कार्यक्रममा जिल्ला समन्वय समितिकास्कीका प्रमुख लीलाधर पौडेलले विभिन्नदाताहरुको सहयोगले गर्दा बृद्धाश्रमहरु संचालनहुदै आएकोले सक्नेले केही न केही सहयोग गर्नुपर्नेमाजोड दिनु भयो ।
उक्त अवसरमा पोखरा बृद्धश्रमका कर्मचारी समिक्षा अधिकारी,उज्वल आमा समुह, पोखरा १७ सक्नेरी, लोक सँस्कृति संरक्षण समिति, पोखरा १७ सक्नेरी, जेष्ठ नागरिक दिवा सेवा, पोखरा १७ सक्नेरी र अम्विका भागवत फाउण्डेशन पोखरा १८लाई सम्मान गरिएको पोखरा बृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीले बताउनु भयो । पोखरा बृद्धाश्रममा हाल ४८ जना ज्येष्ठ नागरिक रहेको कोषाध्यक्ष धर्म गुरुङले बताउनु भयो । पोखरा बृद्धाश्रमकाअध्यक्ष पराजुलीको अध्यक्षतामा सम्पन्नभएको कार्यक्रममा ज्येष्ठ नागरिक सरोकार समाजका इच्छा बहादुर वाग्ले, जानकीमाविकाअध्यक्ष टिकाराम भण्डारी, सिद्धार्थ क्लवका अध्यक्ष प्रमोद नारायण श्रेष्ठ, अधिवक्ता गिता लामिछाने, अम्बिका फाउण्डेसनका अध्यक्ष अम्बिका नेपाल, सचिव केशवराज लम्साल, सदस्य सिता काफ्ले लगायतले वोलेका थिए ।
फागुन,पोखरा । स्वाश्थ्य वातावरण र पर्यटनका लागी साइकल भन्ने मुल नाराका साथ स्थापना भएको साइकल सिटी पोखराको १० औं साधारण सभा तथा ५ औं अधिबेशनबाटअभिशेक कोइरालाको अध्यक्षतामा ११ सदस्यीय...
Read More
कमल पौडेल अथक पोखरा ११, मंसिर पोखरा २३ पञ्चासे भञ्ज्याङमा रहेका होटल तथा घरवास होमस्टेहरुको सोमवार अनुगमन गरिएको छ । पर्यटन,उद्योग,बाणिज्य तथा उपभोक्ता हित निर्देशनालय कास्कीको अगुवाईमा सो अनुगमन...
Read More
८ असार,पोखरा पोखराले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि झण्डै साढे ८ अर्बको बजेट प्रस्तुत गरेको छ । शनिबार १७ औं नगरसभामा उपमेयर मञ्जुदेवी गुरुङले आगामी वर्ष कार्यान्वयन गर्ने...
Read More