मंसिर २४ गते २०७८

नाडा अध्यक्षमा थापा को विजय

काठमाडौं

अटो मोबाइल्स एसोसिएसन अफ नेपाल नाडा को अध्यक्षमा ध्रुव थापा निर्वाचित भएका छन् । प्रतिस्पर्धी करण चौधरीलाई ६६ मतले पछि पार्दै थापा अध्यक्ष निर्वाचित भएका हुन् ।

फोर्स मोटरको नेपालमा आधिकारिक विक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष थापाले कुल १४ सय १३ मत पाउँदा सीजी होल्डिङ्स तथा सीजी मोटोकर्पका कार्यकारी निर्देशक चौधरीले १३ सय ४७ मत पाए । कार्यसमिति सदस्यमा भने चौधरी प्यानलका धेरै छन् ।

१२ जना करण चौधरीको प्यानल र ५ जना थापा प्यानलबाट कार्यसमिति सदस्यमा जित हासिल गरेका छन्। करण चौधरीको प्यानलबाट मिलन बाबु मल्ल १४ सय ६४, अनुप कुमार बराल १४ सय ६२ , राजनबाबु श्रेष्ठ १४ सय ५६, सुरेन्द्र कुमार उप्रेती १४ सय ३०, सुनिल रिजाल १४ सय १, अभिक ज्योति १३ सय ८२ , प्रकाश कपुरी १३ सय ७८ , बिक्राम सिंघानिया १३ सय ७० मत ल्याएर विजयी छन्। यस्तै, निलमणी पाठक १३ सय ५३, बरदान बस्नेत १३ सय ५३ र पंकज अग्रवालले १३ सय ३७ मत ल्याएर करण चौधरीको प्यानलबाट विजयी भएका छन्।

यता ध्रुव थापाको प्यानलबाट निराकर श्रेष्ठ १३ सय ६४, यमुना श्रेष्ठ १३ सय ६२, कपिल शिवाकोटी १३ सय ४९, प्रदिपमान प्रधान १३ सय ४७ र आकाश गोल्छा १३ सय ४४ मत ल्याएर विजयी भएका छन्।
जम्मा ३१ सय मतदाता मध्ये नाडा निर्वाचन समितिअनुसार २७ सय ८८ मत खसेको थियो।