श्रावण २२ गते २०७८

साउन महिना भित्र प्रदेश शिक्षा नीति घोषणा गर्ने तयारी


कमल पौडेल अथक
पोखरा २१, साउन
गण्डकी प्रदेशका शिक्षा मन्त्री मेखलाल श्रेष्ठले साउन महिना भित्र प्रदेशको शिक्षा नीति घोषणा गर्ने तयारी गरेको वताएका छन् ।
नेपाली कांग्रेस स्याङ्जा पोखरा सम्पर्क समाजद्धारा विहीवार पोखरामा आयोजित सम्मान एवं वधाइ कार्यक्रममा वोल्दै उनले सो कुरा वताएका हुन् ।
उनले प्रदेशको शिक्षा नीति नहुँदा समस्या आएको वताउँदै यही साउन २५ गतेसम्ममा सरकारले प्रदेश शिक्षा नीति घोषणा गर्ने वताए ।
उनले कांग्रेस अरु पार्टी भन्दा फरक छ भन्ने देखाउन पनि आफूले इमान्दार भएर जिम्मेवारी निर्वाह गर्ने दावी गरे ।
संविधान सभा सदस्य राजु थापाले देशको सम्वृद्धिको लागि कांग्रेस जाग्नु पर्ने वेला आएको वताए । उनले देशमा कम्युनिष्टहरु कमजोर हुँदै गएको अवस्थामा कांग्रेसले बुद्धि पुर्याएर काम गर्नु पर्ने धारणा व्यक्त गरे ।
नेपाली कांग्रेस स्याङजाका कार्यवहाक सभापति कुमार रानाले कांग्रेसले अव बोल्ने होइन काम गरेर देखाउने दिन आएको वताए । कम्युनिष्टहरुले भाषण मात्र गर्दै हिड्ने तर कांग्रेसले भाषण अनुसारको व्यवहार गरेर जनतालाई आकर्षित गर्दै अगाडि वढ्ने बताए ।
नेपाली कांग्रेस स्याङ्जा पोखरा सम्पर्क समाजका संयोजक पवन नेपालको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस नेता तुल्सी रेग्मी, नेविसंघ स्याङ्जाका सभापति अजित क्षेत्री, राजन गहतराज, संस्थाका उपाध्यक्ष तीलक पौडेल, कोषाध्यक्ष बिमला भण्डारी र सचिव धु्रववन्धु पोखरेल लगायतले वोलेका थिए ।