जेठ ३ गते २०७९

भिमादमा सुवेदी ले मारे बाजी


३ मंगलबार, तनहुँ

तनहुँ भिमाद नगरपालिकाको प्रमुख पदमा एमाले का दधिराम सुवेदी ले भारी मतले विजय हासिल गरेका छन् । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै प्रमुख, उपप्रमुख र धेरै वडा एमालेले जितेको हो ।
नगरप्रमुखमा दधिराज सुवेदी ८१२८ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका काजीमान श्रेष्ठले पाँच हजार ८५७ मत प्राप्त गरे ।

उपप्रमुखमा एमालेकै शारदा खनाल सात हजार ६६७ मत प्राप्त गरी विजयी भए । प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मिलन आलेले सात हजार २०५ मत प्राप्त गरे ।

कूल २४ हजार ८८४ मतदाता रहेको नगरपालिकाको निर्वाचनमा १६ हजार १४९ मत खसेको थियो । भिमाद नगरपालिका–२, ३, ७, ८ र ९ वडा एमालेले जितेको छ भने १, ४, ५, ६ कांग्रेसले जितेको छ ।