भाद्र ७ गते २०७९

गोनेसाको सहयोगले कास्कीको रुपा गाउँपालिकाका लक्षित समुदायमा परिवर्तन

कमल पौडेल अथक
पोखरा ७, भदौ
कास्कीको रुपा गाउँपालिकामा असल छिमेकी संस्था गोनेसाको सहयोगले लक्षित समुदायमा परिवर्तन आएको छ । स्थानीय सरकारी विद्यालय र विपन्न नागरिकको आय आर्जनमा टेवा पुर्याएर संस्थाले परिवर्तनकारी काम गरेको हो ।
संस्थाले विगत १ वर्षदेखि पालिकामा आयोजना संञ्चालन गरेको जानकारी दिएको छ । कार्यक्रम संञ्चालन भएपछि स्थानीय लक्षित वर्गको जीवनस्तरमा परिवर्तन आएको उनीहरुले नै वताएका छन् । हामीले खोजे अनुसारको सहयोग गोनेसाले गरेको छ आगामी दिनमा पनि यसरी नै सहयोग गरोस् रुपा गाउँपालिका वडा नं १ स्यास्त्री स्थित कालिका एग्रिकल्चर गुपका कृषकहरुले भने ।
उनीहरुले संस्थाको सहयोग वाहेक बेला बेलामा विभिन्न खालका तालिमहरु पनि आयोजना गरेमा त्यसवाट थप लाभान्वीत हुने रहर जागेको वताए ।
संस्थाले ७ वटा सरकारी विद्यालयमा कम्युटर हस्तान्तरण गर्ने लक्ष्य राखेका छ । हालसम्म ४ वटा विद्यालयमा कम्युटर हस्तान्तरण गरी सञ्चालनमा आएको संस्थाका अध्यक्ष रामप्रसाद सुबेदीले जानकारी दिएका छन् ।
गोनेसाले कम्युटर हस्तान्तरण गरेपछि वालवालिकाको सिकाईमा आमूल परिवर्तन आएको स्थानीय कालिका माविका प्रधानाध्यापक ज्ञानेन्द्र पौडेलले वताए । उनले जब संस्थाले विद्यालयमा कम्युटर हस्तान्तरण गर्यो तव विद्यार्थीहरुमा पनि केही सिक्नु पर्छ भन्ने भावना जागृत भयो प्रधानाध्यापक पौडेलले भने ।
संस्थाले रुपा गाउँपालिका वडा नं १ स्यास्त्रीमा कृषकलाई वाख्रा तथा कुखुरा हस्तान्तरण गरेको छ । गोनेसाको सहयोगमा पालिकाका केही ठाउँमा खानेपानी आयोजना समेत सञ्चालनमा आएको निर्देशक शिवराज शर्माले जानकारी दिए ।
त्यसैगरी संस्थाले हंसपुरमा गोलभेडा टनेल हस्तान्तरण गरेको छ । टनेल पाएपछि गोलभेडा लगाएका कृषकहरुमा उत्साह पलाएको छ । एउटा टनेल भयो अझै एउटा थप गरिदिए व्यवसायमा लाग्न निकै सघाउ पुग्ने थियो स्थानीय एक कृषकले भनिन् ।
गोनेका विदेशी दाता आन्जे र जेम्सले उदेश्य अनुरुपका काम गर्दै अगाडि वढ्न संस्थालाई सुझाव दिएका छन् । अनुगमनका क्रममा उनीहरुले केही कमी कमजोरी भए त्यसलाई सच्याएर आगामी दिनमा नागरिकको जीवन स्तर उकास्ने काममा वजेट लगानी गर्न संस्थालाई आग्रह गरे ।
करिव साढे चार करोडको लागतमा आयोजना सञ्चालन गरिएको हो । आयोजनाको ८५ प्रतिशत बजेट गोनेसाले र १५ प्रतिशत वजेट स्थानीय पालिकाले व्यहोर्ने गरी कार्यक्रम संञ्चालन भएको असल छिमेकी संस्था गोनेसाका अध्यक्ष रामप्रसाद सुवेदीले जानकारी दिएका छन् ।