भाद्र ७ गते २०८०

नेपाल महिला संघ कास्कीको कार्यसमिति विस्तार

पोखरा ७, भदौ
नेपाल महिला संघ कास्कीको कार्यसमिति विस्तार गरिएको छ । केन्द्रद्धारा भर्खरै मनोनित सभापति मीनाकुमारी पाण्डेले सो समिति विस्तार गरेको वताएकी हुन् ।
समिति ४८ सदस्यीय वनाएको उनले जानकारी दिएकी छन् । समितिको उपसभापतिमा इन्द्रमाया वानियाँ, सचिवमा कमला विन्दु बराल, राममाया पौडेल, सहसचिवमा तारा तिमिल्सिना, मीना ढकाल र कोषाध्यक्षमा कमला गिरीलाई चयन गरिएको सभापति पाण्डेले जानकारी दिएकी छन् ।
त्यस्तैगरी क्षेत्र नं ३ को महिला सभापतिमा जुना जिसी क्षेत्री र पोखरा महानगरसमितिमा अम्विकाढुंगालाई चयन गरेको उनले जानकारी दिइन् ।
त्यसैगरी समितिको सल्लाहकारमा संविधान सभा सदस्य शारदा पौडेल, पूर्व सांसद कृष्णकुमारी परियार र लालीमाया रेग्मी चयन भएका छन् ।
नेपाल महिला संघ क्षेत्र नं ३ का सभापति इन्द्रमाया बानियाँको अध्यक्षतामा भएको घोषणा सभामा संविधानसभा सदस्य शारदा पौडेल, प्रदेश सभा सदस्यद्धय विन्दुकुमार थापा, सरस्वती गुरुङ, तरुणदल केन्द्रीय सदस्य पशुपति भट्टराई, माछापुच्छ«
गाउँपालिका इकाई सभापति वीरेन्द्र गुरुङ, माछापुच्छ«े गाउँपालिका इकाई अध्यक्ष मनपति भण्डारी लालीमाया रेग्मी र सचिव कमला विन्दु वराल लगायतले महिलाको सशक्तिकरणको लागि सवै एकजुट हुनु पर्ने धारणा व्यक्त गरेका थिए ।