श्रावण ५ गते २०७९
‘लू’ चलचित्रका लागि मुख्य पात्रको खोजी
काठमाडौं,०५ साउन । चलचित्र ‘लू’ का लागि मुख्य पात्रको खोजी सुरु भएको छ । ‘लू’ चलचित्र क्लास्सिक टेक अन्तर्गतको कम्पनी क्यारो फिल्म्सले निर्माण गर्न लागेको हो ।
नयनराज पाण्डेद्वारा लिखित उपन्यास ‘लू’ बाट प्रेरित चलचित्रका लागि मुख्य पात्र ‘एलैया’ र ‘नूश्रत’ को भूमिकामा देखिने कलाकार चयनको प्रक्रिया अगाडि बढेको चलचित्र निर्माण कम्पनीले जानकारी दिएको छ । निशा खरेल निर्माता रहेको चलचित्रको निर्देशन भने प्रदीप भट्टराईले गर्ने भएका छन् ।