असार १२ गते २०७९

पोखराको पालिखेचोकमा महानगरको नीतिगत भ्रष्टाचार, व्यक्तिको जग्गा अधिग्रहण गरेर फाल्चा निर्माण गर्न लागेको भन्दै स्थानीयवासीको विरोध


पोखरा १२, असार
कमल पौडेल अथक
पोखरा महानगरपालिका वडा नं ३ पालिखेचोकमा रहेको अधिग्रहण गरिएको जग्गामा फाल्चा वनाउन लागेको भन्दै स्थानीयवासीले विरोध गरेका छन् ।
सडक मापदण्डमा रहेको स्थानीय उत्तम उदास र शंकर उदासको घर महानगरपालिकाले केही समयपहिले ८० लाख रुपैयाँ मुआव्जा दिएर भत्काएको थियो ।
सो भत्काएको स्थानमा फाल्चा वनाउने भन्दै महानगरवाट २० लाख रुपैयाँ वजेट निकासा गरेर स्थानीय अशोक पालिखेले ठेक्का लिएपछि स्थानीयवासी र राजनीतिक दलहरुले विराध गरेका छन् ।
स्थानीयको विरोध हुँदा हुँदै पनि पालिखेले सो स्थानमा फाल्चा निर्माण गरेको स्थानीयवासीले वताए । बाटो साँघुरो भयो भनेर मुआव्जा दिएर घर भत्काइयो तर भत्काएको ठाउँमा फेरि फाल्चा वनाउने हो भने हाम्रो घर किन भत्काएको घरधनीलाई उदृत गर्दै स्थानीयवासीले भनेका छन् ।
वडा नं ३ का पूर्व अध्यक्ष रवीन्सन प्रजुको सहमतिमा सो फाल्चा वन्न लागेको स्थानीय वासीले वताएका छन् । प्रजूले आफूले वडाध्यक्ष छोड्नु भन्दा एक दिन अगाडि सो सहमति दिएको स्थानीयवासीले वताएका छन् ।
स्थानीयवासीले विरोध गरेपनि सो ठाउँमा पालिखेले फाल्चा निर्माण गरेपछि उनीहरुले वडा कार्यालय र महानगरपालिकामा उजुरी दिएको स्थानीय राजन श्रेष्ठले वताए । तर नगरपालिकाले उजुरी प्रति वेवास्ता गरेको उनले वताए ।
सडकको लागि अधिग्रहण गरिएको जग्गा सडककै लागि प्रयोग गरिनु पर्दछ अन्यथा प्रयोग गर्नु गलत हो उनीहरुले भनेका छन् । यसमा नगरपालिकाले नीतिगत भ्रष्टाचार गरेको छ हामी अख्तियार र अदालतमा जान्छौं स्थानीयवासीले भनेका छन् ।
वडा न. ३ का वडाध्यक्ष प्रकास उदासले सो स्थानमा फाल्चा वनाउन हुँदैन भन्ने आफ्नो पनि भनाइ रहेको वताउँदै केही घटाएर वनाउने र पछि आवस्यक पर्दा फाल्ने गरी वनाउने भन्ने सहमति भएको वताए ।
तर स्थानीयवासीहरुले त्यहाँ कुनै प्रकारको सहमति नभएको र पहिला विरोधमा उत्रिएका वडाध्यक्ष पनि ठेकेदारकै पक्षमा टाँसिन थालेको भन्दै उनको पनि निन्दा गरेका छन् ।
सो निर्माण कार्य वन्द गर्नकोलागि स्थानीय एमाले अगुवा, एस के परियार, कांग्रेसका रवीन कायस्थ, राप्रपाका मोतिमान शाक्य, नेकपा माओवादीका भीमवहादुर गुरुङ, र स्थानीय युवा राजन श्रेष्ठ लगायतले विरोध गरेका छन् ।