वैशाख २६ गते २०७९

केशव स्थापितलाइै भोट दिनेको स्वर्गबास हुन्छ ।

काठमाडौं महानगरपालिकाको एमालेका मेयर उम्मेदवार केशव स्थापितले आफूलाई भोट नहाले नर्कमा पुग्ने अभिव्यक्ति दिएका छन्।

सोमबार काठमाडौंको त्रिपुरेश्वर–११ वंशिघाटमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै स्थापितले यस्तो बताएका हुन्।

‘यो ठाउँको असजिलो पर्दा म अगाडि उभिएको हुँ, यहाँ मेरो अधिकार पनि लाग्छ’, स्थापितले सम्बोधन गर्दै भने, ‘यहाँका कोही दाजुभाइले मलाई भोट हालेन भने त्यो मान्छे नर्कमा जान्छ।’

स्थापितलाई रिपोर्टिङका लागि पुगेको नेपालखबर टिमले किन यस्तो भन्नुभएकोरु भनी प्रतिप्रश्न गरेको थियो। जवाफमा स्थापितले यसलाई सांकेतिक भाषाको रुपमा बुझ्न आग्रह गरे।

‘यो भनेको सांकेतिक कुरा हो क्या। एउटा पवित्रको बाटो हुन्छ। अर्को पाटो चाँही मासुभात खाने अनि बाटोमा सुत्ने खालको हुन्छ,’ स्थापितले थप प्रष्ट पार्दै भने, ‘केही राजनीतिक पार्टीले हाम्रा दाजुभाइ दिदीबहिनीलाई किन्न सकिन्छ भन्ने शब्द प्रयोग गरेको छ। कोही किनियो भने त नर्कमा नै जान्छ भन्न खोजिएको हो।’

स्थापितलाई भोट नहाल्दा तिमी बेठीक हुन्छौं भन्ने सन्देश दिनका लागि जनताले बुझ्ने भाषामा नर्कमा जान्छौ भनेर भनेको स्थापितले सुनाए।