वैशाख २४ गते २०७९

लोक नृत्य राज्यको गहना भएको दावी


पोखरा, २४ बैशाख
लोक नृत्य राज्यको गहना भएको एक कार्यक्रमका वक्ताले वताएका छन् । लोक नृत्य कलाकार संघ कास्कीद्धारा शनिवार पोखरामा आयोजित छलफल कार्यक्रमका वक्ताले सो कुरा वताएका हुन् । उनीहरुले लोक नृत्यले गीतको भाव मात्र झल्काउने नभइ संकार र संस्कृतिको जगेर्ना गर्ने वताए । देशको भौगोलिक अवस्था अनुसारको भाषा, संस्कृति सँग लोक नृत्यको तालमेल रहेको वताए । कालाकारहरु सँधै अरुलाई मनोरञ्जनको साधन मात्र वनेर नहुने आफ्नो जीविकोपार्जनको लागि पनि तल्लीन हुनु पर्ने उनीहरुको भनाइ छ । सो अवसरमा वोल्दै प्राध्यापक डा कुशुमाकर न्यौपानेले लोक नृत्यले जीवन र जगत वोल्नु पर्ने वताए ।
संघका अध्यक्ष केशवहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा डा चन्द्रवहादुर गुरुङ, नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद सदस्य कमल पौडेल अथक, संरक्षक तारावहादुर गुरुङ र सचिव राहुल थापा मगर लगायतले वोलेका थिए । सो अवसरमा संघले प्राध्यापक डा कुशुमाकर न्यौपानेलाई प्रमुख संरक्षकमा चयन गरेको छ ।