पौष ९ गते २०७८

कैलाश बचत तथा ऋण सहकारी संस्थाको पदस्थापना सम्पन्न


८ पुष ,पोखरा ।

पोखराको सिद्धार्थचोकमा रहेको कैलाश सहकारी तथा ऋण सहकारी संस्था लिमिटेडको ५ औ अबिधेशन वाट निर्वाचि कार्यसमितिको पदस्थापना लेकसाइड स्थित होटल कौशी मा सम्पन्न भएको छ ।
नव निर्वाचित कार्य समितिलाई पूर्व अध्यक्ष तथा निर्वाचन समिति संयोजक दुर्गा प्रसाद पौडेल ले पदस्थापना गराएका थिए
कार्यक्रममा निर्वतमान अध्यक्ष शिवहरी अधिकारीले आफ्नो ३ बर्षे कार्यकालमा बिभिन्न पदमा रही सहयोग गर्नेलाई मायाको चिनो ले धन्यवाद ब्यक्त गरेका थिए ।
संस्थाको पदस्थापना संगै पहिलो बैठक बसि बिभिन्न समिति उपसमिति चयन गरेको छ। सल्लाहकार संयोजक शिवहरी अधिकारी रहेका छन भने सल्लाहकारमा नविनराज पौडेल,दुर्गा प्रसाद पौडेल,जीवन ढुङ्गाना,जनकराज तिवारी,अशोक बाटाजु,जयन्द्र राजभण्डारी,मदन प्रसाद आचार्य,नारायण बाटाजु,इन्द्र प्रसाद पौडेल, बलराम शर्मा,टुकलाल नेपाली,तुलसीराम सुवेदी,रविनाथ दाहाल रहेका छन। यसैगरी ऋण उपसमिति संयोजक विनोदराज ढकाल सदस्यहरुमा ज्ञानेन्द्र पौडेल,सन्दिप पराजुली, शिक्षा उप समिति संयोजक घनश्याम पौडेल, सदस्यहरुमा ओम बहादुर थापा,विजय पहारी ,बजार ब्यवस्थापन उप समिति संयोजक कपिल सापकोटा,सदस्यहरुमा देवानन्द पोखरेल, नारायणहरी अधिकारी ,महिला उपसमित संयोजक पूर्ण कुमारी थापा सदस्यमा मिरु लम्साल कल्पना अधिकारी,कमला पौडेल,लता थापा अनुशासन उपसमिति संयोजक प्रदिप कुमार नापित,टोलामोहन तिवारी,दिनेश कुमार श्रेष्ठ प्राविधिक उप समिति संयोजक सन्देश उदास सदस्यहरुमा टिकाराम पराजुली,भक्त तामाङ्ग,अर्जुन कुँवर ,कृष्ण पराजुली रहेको कुरा नवनिर्वाचित अध्यष खडानन्द अधिकारीले जानकारी दिए ।
कार्यक्रममा जयन्द्र राजभण्डारी,इन्द्र प्रसाद पौडेल,रविनाथ दाहाल,जीवन ढुंगाना,तुलसीराम सुवेदी,बलराम शर्मा,जनकराज तिवारी,विनोदराज ढकाल, परशुराम शर्मा,खडानन्द अधिकारी शान्ती सुवेदी लगाएतले संस्थाका बारेमा बोलेका थिए भने कार्यक्रम संचालन संस्थाका सचिव बिष्णुहरी अधिकारी ले गरेका थिए ।