भाद्र १२ गते २०७८
सहमति लत्याउँदै मणिपाल अस्पताल बिक्री
पोखरा ,१२ भदौ । नेपाल सरकार र मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपबीचको सहमति लत्याउँदै मणिपाल अस्पताल बिक्री भएको खुलेकाे छ । सरकारसँग मणिपालले गरेको सम्झौतामा बीचमा बेच्न/हस्तान्तरण गर्न नपाइने प्रावधान राखिएको छ । तर मणिपाल ग्रुप भने पोखराका २ व्यवसायीलाई ३ अर्ब २२ करोड ६० लाखमा बेचेर बाहिरिन लागेको हो । ‘उक्त ४९ वर्षको अवधि समाप्त भएपछि वा बिचैमा दोस्रो पक्षले उक्त जग्गा छाडी जाने भएमा भू–बहाल रकम प्रथम पक्षले फिर्ता नदिने र उक्त जग्गामा उपलब्ध भौतिक सुविधाहरू अरूलाई हस्तान्तरण गर्न नपाउने गरी यथास्थितिमै प्रथम पक्षलाई नै छोडेर जानुपर्नेछ । सोवापत प्रथम पक्षले दोश्रो पक्षलाई कुनै पनि रकम दिनुपर्ने छैन ।’ सम्झौतामा लेखिएको छ ।
मणिपाल ग्रुपले १९९२ मा नेपाल सरकारसँग सम्झौता गरेर मेडिकल कलेज स्थापना गरेको थियो । सरकारले मणिपाललाई ४९ वर्षको अवधि दिएको थियो । तर २७ वर्षमात्रै चलाएर २२ वर्ष सम्झौता अवधि बाँकी छँदै भारतीयले कलेज र अस्पतालबाट लगानी झिकेका हुन् ।