असाेज २४ गते २०७८
डिभी २०२३ बारे नेपालीमा निर्देशिका जारी
अमेरिकी विदेश मन्त्रालयले वार्षिक रूपमा वैधानिक रूपमा सिर्जित डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रमसञ्चालन गर्ने गर्दछ । आर्थिक वर्ष सन् २०२३ का लागि ५५,००० ओटासम्म डाइभर्सिटी भिसा डिभी उपलब्ध गराइउने छ। डिभीका लागि दर्ता गर्न कुनै शुल्क लाग्दैन ।
डिभी २०२३ का लागि निम्न देशका नागरिकहरू योग्य हुने छन् बङ्गलादेश, ब्राजिल, क्यानाडा, चीन हङ्गकङ्ग विशेष प्रशासनिक क्षेत्र लगायत, कोलोम्बिया, डोमिनिकन रिपब्लिक, एल साल्भाडोर, हाईटी, होन्डुरस, भारत, जमेका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, संयुक्त अधिराज्य ९उत्तरी आयरल्यान्ड बाहेक र उसका आश्रित भूभाग, भेनेजुएला, र भियतनाम , मकाउ विशेष प्रशासनिक क्षेत्र र ताइवानमा जन्मिएका व्यक्ति योग्य छन् ।
हरेक डिभी आवेदकले डिभी कार्यक्रमका लागि निम्न शैक्षिक वा कार्य अनुभवको आवश्यकता पूरा गरेको हुनु पर्दछ।माध्यमिक तहको शिक्षा वा त्यसको समानार्थ शिक्षा जसको अर्थ प्राथमिक र माध्यमिक गरी १२ वर्षे औपचारिक शिक्षा सफलताका साथ पूरा गरेको । वा तपाईँसँग विगत पाँच वर्षमा दुई वर्षको कामको अनुभव हुनु पर्दछ। त्यस्तो काम जसको लागि कम्तीमा दुई वर्षको तालिम वा अनुभव आवश्यक पर्दछ । तपाईँको कामको अनुभव योग्य भए नभएको निर्धारण युएस डिपार्टमेन्ट अफ लेबर अमेरिकी श्रम मन्त्रालय को डेटाबेसद्वारा गरिनेछ ।
डिभी–२०२३ को लागि आवेदन सन् २०२१ अक्टोबर ६ तारिख बुधबार ईस्टर्न डेलाइट टाइम ९ईडीटी० ९जीएमटी–४० को मध्याह्न र सन् २०२१ नोभेम्बर ९ तारिख मङ्गलबार ईस्टर्न डेलाइट टाइम ईडीटी जीएमटी–५० को मध्याह्नबीच इलेक्ट्रोनिक रूपमा दर्ता गर्नु पर्दछ । एक आवेदन अवधिमा एउटा व्यक्तिले एउटा मात्र आवेदन पेश गर्न मिल्ने कानुनी व्यवस्था गरेको छ । एकभन्दा बढी आवेदन पेश गरेमा तपाईँ डिभीका लागि अयोग्य ठहरिनुहुनेछ ।अन्लाइन आवेदन फारम बुझाउनका लागि कुनै शुल्क लाग्दैन ।
आवेदन भर्नका लागि तपाईँले निम्नबमोजिमको सम्पूर्ण जानकारी उपलब्ध गराउनु पर्नेछ । सम्पूर्ण आवश्यक जानकारी समावेश गर्न नसकेमा तपाईँ डिभीका लागि अयोग्य ठहरिनुहुनेछ ।
१। पूरा नाम – थर, नाम, बीचको नाम । नाम राहदानीमा लेखिए अनुरूप दुरुस्त लेख्नुहोस् । तपाईँको नाम एउटा मात्र छ भने त्यसलाई थर उल्लेख गर्ने ठाउँमा लेख्नु पर्दछ । ९उदाहरणका लागि तपाईँको राहदानीमा तपाईँको पहिलो नाम र थर मात्र दिइएको छ भने आफ्नो थर र त्यसपछि पहिलो नाम प्रवेश गर्नुहोस् बिचको नाम राहदानीमा समावेश गरिएको छैन भने प्रवेश नगर्नुहोस् । यदि तपाईँको राहदानीमा पहिलो नाम, बिचको नाम, र थर समावेश गरिएको छ भने निम्न क्रममा प्रवेश गर्नुहोस् स् थर, पहिलो नाम, बिचको नाम०
२। लिङ्ग – पुरुष वा महिला ।
३। जन्म मिति – दिन, महिना, वर्ष ।
४। जन्मिएको शहर ।
५। जन्मिएको देश – देशको नाम आफ्नो जन्मस्थलका रूपमा हाल प्रयोग भइरहेका स्थान हुनु पर्दछ ।
६। डिभी कार्यक्रमका लागि योग्यताप्राप्त देश – सामान्यतया, तपाईँ जन्मिएको देश नै तपाईँको लागि डिभीको लागि योग्यताप्राप्त देश हुनेछ । तपाईँ हाल जहाँ बसोबास गरिरहनुभएको छ वा तपाईँको राष्ट्रियता, तपाईँको जन्म भएको देशभन्दा फरक छ भने तपाईँको लागि डिभीको लागि योग्यताप्राप्त देशसँग त्यसको सम्बन्ध छैन । यदि तपाईँ डिभी कार्यक्रमका लागि योग्य नरहेको देशमा जन्मिनुभएको हो भने तपाईँसँग अन्य विकल्प रहे नरहेको बारे जानकारी लिन कृपया बारम्बार सोधिने प्रश्नहरू हेर्नुहोस् ।
७। तपाईँको बहालवाला, म्याद नसकिएको, विदेश भ्रमण गर्न मिल्ने राहदानीको राहदानी नम्बर, जारी भएको देश र म्याद समाप्त हुने मिति लगायतको जानकारी । यो व्यवस्था तपाईँका आश्रितहरूलाई लागु हुने छैन । अपवादका निम्ति योग्यता पुगेको अवस्थामा बाहेक विदेश भ्रमणका लागि जारी भएको आफ्नो बहालवाला राहदानीको सही नम्बर उपलब्ध गराउनु पर्नेछ । यदि तपाईँ राज्यविहीन हुनुहुन्छ, कम्युनिस्ट नियन्त्रित मुलुकको नागरिक हुनुहुन्छ र उक्त कम्युनिस्ट मुलुकको सरकारबाट राहदानी प्राप्त गर्न सक्नुहुन्न, वा अमेरिकी आन्तरिक सुरक्षा मन्त्री र अमेरिकी विदेशमन्त्रीबाट स्वीकृत व्यक्तिगत छुट पाउने लाभग्राही हुनुहुन्छ भने तपाईँलाई अपवादको अवस्था लागु हुन सक्नेछ । आफूले नपाउने छुटका लागि दावी गरेमा वा राहदानीको सही विवरण पेश नगरेमा तपाईँ डिभीका लागि अयोग्य ठहरिनुहुनेछ । तपाईँ अपवादको अवस्थाका लागि योग्य हुनुहुन्छ वा हुनुहुन्न भन्नेसम्बन्धी थप जानकारीका लागि बारम्बार सोधिने प्रश्नहरू शीर्षकअन्तर्गतको प्रश्न १२ मा हेर्नुहोला ।
८। फोटो९हरू० – आफ्नो, आफ्नो पतिरपत्नी तथा आवेदनमा उल्लिखित सबै सन्तानको हालै खिचिएको फोटो ९पछिल्लो छ महिनामा खिचिएको हुनुपर्ने० । यदि तपाईँको पतिरपत्नी अमेरिकी नागरिक वा वैध स्थानीय बासिन्दा हो भने तपाईँले उनीहरूको फोटो राख्न जरुरी छैन तर राख्नुभएको खण्डमा पनि तपाईँको आवेदन भने रद्द हुने छैन । डिभीका लागि पेश गरिने फोटोले पनि अमेरिकी भिसाका लागि पेश गरिने फोटो सरहकै मापदण्ड पूरा गर्नु पर्दछ । यदि तपाईँ र तपाईँका परिवारका सदस्यको फोटो कुनै पनि प्रकारले मिलाइएको वा त्यसले यी मापदण्डहरू पूर्ण रूपमा पूरा नगरेको खण्डमा तपाईँ डिभीका लागि अयोग्य ठहरिनुहुनेछ । गत सालको आवेदनमा पेश गरेकै फोटो पुनः पेश गरेमा तपाईँ डिभीका लागि अयोग्य ठहरिनुहुनेछ । थप जानकारीका लागि ९तल दिइएको० डिजिटल फोटो बुझाउनेसम्बन्धी शीर्षकमा हेर्नुहोस् ।
९। चिठी पठाउने ठेगाना – नाम
ठेगाना शहररगाउँ
जिल्लारप्रदेशरराज्य हुलाकी कोडरजिप कोड देश
१०। हाल बसोबास गरिरहनुभएको देश ।
११। फोन नम्बर ऐच्छिक ।
१२। ईमेल ठेगाना – आफ्नो प्रत्यक्ष पहुँच भएको ईमेल ठेगाना उपलब्ध गराउनुहोला, जुन तपाईँले कम्तीमा पनि अर्को वर्षको मे महिनासम्म चलाउनुहुनेछ । यदि तपाईँको आवेदन छनोटमा परेमा र तपाईँले आवेदन प्रक्रिया मार्फत उत्तर पठाउनुभएमा तपाईँले अमेरिकी विदेश मन्त्रालयबाट ईमेलमार्फत आवेदन प्रक्रिया अवस्था मा तपाईँको आप्रवासी भिसाको अन्तर्वार्ताको विवरण उपलब्ध हुने जानकारी प्राप्त गर्नुहुनेछ । अमेरिकी विदेश मन्त्रालयले तपाईँ डिभी कार्यक्रमका लागि छनोट हुनुभयो भनेर तपाईँलाई कहिल्यै पनि ईमेल पठाउने छैन । छनोट प्रक्रियाबारे थप जानकारीका लागि बारम्बार सोधिने प्रश्नहरू हेर्नुहोस् ।
१३। हालसम्म हासिल गर्नुभएको शिक्षा १। प्राथमिक विद्यालय मात्र, २। माध्यमिक विद्यालय तर पूरा नगरेको, ३। माध्यमिक विद्यालय पूरा, ९४० व्यावसायिक विद्यालय, ९५० विश्वविद्यालयमा केही कक्षाहरू लिएको, ६। विश्वविद्यालयको डिग्री हासिल गरेको, ७। केही स्नातक तहका विषयहरू पढेको, ८। स्नातकोत्तर, ९। केही विद्यावारिधी तहका विषयहरू पढेको, वा १०। विद्यावारिधी हासिल । शैक्षिक आवश्यकताहरूबारे थप जानकारीका लागि बारम्बार सोधिने प्रश्नहरू हेर्नुहोस् ।
१४। वर्तमान वैवाहिक स्थिति स् ९१० अविवाहित, ९२० विवाहित तर मेरा पतिर पत्नी अमेरिकी नागरिक वा अमेरिकी वैध स्थायी बासिन्दा ९एलपीआर० होइनन्, ९३० विवाहित र मेरा पतिर पत्नी अमेरिकी नागरिक वा अमेरिकी एलपीआर हुन ९४० सम्बन्धविच्छेद, ९५० विधवा, वा ९६० कानुनी रूपमा अलग्गिएर बसेको । आफ्नो पतिरपत्नीको नाम, जन्म मिति, लिङ्ग, जन्मिएको शहरर नगर र जन्मिएको देश, र मापदण्ड मिल्ने फोटो हाल्नुहोस् ।
योग्य पतिर पत्नीको नाम उल्लेख नगरिएको खण्डमा, वा आफ्ना पति÷पत्नी नभएका व्यक्तिको नाम समावेश गरिएको खण्डमा, डाइभर्सिटी भिसाका मुख्य आवेदकका रूपमा तपाईँ अयोग्य ठहरिनुहुनेछ र तपाईँका पतिर पत्नी र सन्तान समेत डिभीका आश्रित आवेदकका रूपमा अयोग्य ठहरिनेछन् । यदि तपाईँ हाल छुटिएर बस्नुभएको छ भने पनि कानुनी रूपमा अलग्गै बसेको अवस्थामा बाहेक आफ्नो पति वा पत्नीको विवरण उल्लेख गर्नु पर्दछ । कानुनी रूपमा अलग्गै बस्नु भनेको त्यो अवस्था हो, जहाँ दम्पती विवाहित नै रहे पनि अदालतको आदेशपछि अलगअलग बसेका हुन्छन् । तपाईँ र तपाईँका पति वा पत्नी कानुनी रूपमा अलग्गिनुभएको छ भने डाइभर्सिटी भिसा कार्यक्रमअन्तर्गत उहाँ तपाईँसँगै बसाइ सर्न पाउनुहुन्न । कानुनी रूपमा आफूबाट अलग्गिएको पति वा पत्नीको नाम फारममा संलग्न गरे वापत कुनै सजाय हुने छैन । अदालतको आदेशद्वारा आफ्नो पति वा पत्नीसँग कानुनी रूपमा अलग्गिनुभएको छैन तर डाइभर्सिटी भिसाको लागि आवेदन दिनुअघि नै सम्बन्धविच्छेद गर्ने योजना बनाउनुभएको छ भने पनि निजको नाम फारममा संलग्न गर्नुपर्नेछ । आफूसँगै कार्यक्रममा समावेश हुन योग्य पति वा पत्नीको नाम फारममा समावेश नगर्दा तपाईँ डिभीका लागि अयोग्य ठहरिनुहुनेछ ।
आफ्नो पति वा पत्नी अमेरिकी नागरिक वा वैध स्थायी बासिन्दा भएको अवस्थामा निजलाई आवेदनमा संलग्न नगर्नु होला । यदि पतिर पत्नी अमेरिकी नागरिक हो वा वैध स्थायी बासिन्दा हो भने उनीहरूलाई भिसा आवश्यक पर्दैन वा जारी गरिने छैन । त्यस कारण तपाईँले आफ्नो आवेदन फारममा “विवाहित र मेरा पतिरपत्नी अमेरिकी नागरिक वा अमेरिकी एलपीआर हुन छान्नुभयो भने तपाईँको पतिर पत्नीसम्बन्धी थप जानकारी माग गरिने छैन । परिवारिक सदस्यसम्बन्धी थप जानकारीका लागि बारम्बार सोधिने प्रश्नहरू हेर्नुहोस् ।
१५। सन्तानको सङख्या – तपाईँका २१ वर्ष मुनिका अविवाहित सन्तान तपाईँसँगै बस्ने भए या नभए तापनि वा तपाईँ संयुक्त राज्य अमेरिका आप्रवासन गर्ने बेला सँगै जाने मनासय राखेका भए या नभए तापनि वा पछि अमेरिका गई तपाईँसँगै बस्ने मनासय राखेका भए या नभए तापनि तपाईँले हरेकको नाम, जन्म मिति, लिङ , जन्म शहररनगर र जन्म देश उल्लेख गर्नु पर्दछ । आफूले बुझाउनुभएको फोटोको मापदण्डसँग मिल्ने गरी हरेक सन्तानको छुट्टाछुट्टै फोटो बुझाउनुहोस् ।
निम्न लिखित अनिवार्य समावेश गर्नुहोला स्
– सबै जिवित प्राकृतिक सन्तान,
– तपाईँले कानुनी रूपमा ग्रहण गर्नुभएको सबै जीवित धर्मसन्तान, र
– तपाईँले आवेदन भर्दाको समयमा २१ वर्ष मुनि रहेका अविवाहित सौतेला सन्तानको विवरण पनि समावेश गरिनु पर्दछ चाहे तपाईँ सो सन्तानको आमा वा बुबासँग कानुनी रूपमा विवाहित रहनुभएको होस् वा नहोस् र चाहे तपाईँसँग बसोबास गरेको होस् वा नहोस् र÷वा तपाईँसँग आप्रवासन गर्ने हुन् वा नहुन् ।
विवाहित सन्तान र तपाईँले आवेदन पेश गर्दा २१ वर्ष पुगेका वा त्यसभन्दा बढी उमेर भएका सन्तान डाइभर्सिटी भिसाका लागि योग्य हुने छैनन् । तर केही अवस्थामा चाइल्ड स्टेटस प्रोटक्शन ऐन नामक अमेरिकी कानुनले उमेर पुगिसकेका सन्तानलाई पनि छुट प्रदान गर्दछ । यदि तपाईँले आफ्नो अविवाहित सन्तान २१ वर्षको उमेर नुपग्दै आवेदन बुझाउनुभएको थियो र भिसा जारी हुने समयभन्दा अगाडि सो सन्तान २१ वर्ष पुगेमा उसलाई चाइल्ड स्टेटस प्रोटेक्शन ऐन अन्तर्गत २१ वर्ष मुनिकै उमेर ठहर भई उसको भिसाउपर कार्यवाही हुनेछ ।
तपाईँले डिभीका लागि आवेदन पेश गर्दा अमेरिकी नागरिक वा वैध स्थायी बासिन्दा बनिसकेका सन्तानलाई डाइभर्सिटी भिसा आवश्यक पर्ने वा जारी गरिने छैन । यद्यपि उनीहरूको नाम उल्लेख गरेमा वा छुटाएमा तपाईँको आवेदनलाई कुनै असर पर्दैन ।
डिभीका लागि योग्य सम्पूर्ण सन्तानको नाम उल्लेख नगरिएको खण्डमा, वा जो व्यक्ति आफ्नो सन्तान होइन त्यस्तो व्यक्तिको नाम सन्तानका रूपमा समावेश गरेमा, तपाईँ डिभीका लागि अयोग्य ठहरिनुहुनेछ र तपाईँका पतिर पत्नी र सन्तान समेत डिभीका आश्रित आवेदकका रूपमा अयोग्य ठहरिनेछन् ।
हरेक क्षेत्र र देशका लागि छुट्याइएको सङ याको आधारमा योग्य आवेदनहरूमध्येबाट गोलाप्रथाको माध्यमबाट आवेदकहरूको छनोट कम्प्युटरद्वारा गरिन्छ । सबै डिभी–२०२२ आवेदकहरूले आफू डिभी कार्यक्रमको लागि छनोट भए नभएको पत्ता लगाउन डिभी–२०२२ को अनलाइन आवेदन दर्ताका बेला प्राप्त युनिक कन्फर्मेशन नम्बर प्रयोग गरी ई–डिभी वेबसाइट मा गई हेर्नु पर्दछ । ई–डिभीको वेबसाइट मा सन् २०२२ मे ८ देखि सन् २०२३ सेप्टेम्बर ३० सम्म उपलब्ध हुनेछ ।
यदि तपाईँको आवेदन छनोटमा परेको रहेछ भने तपाईँ कन्फर्मेशन पेजमा पुग्नु हुनेछ जसमा अमेरिका अप्रवासन गर्न लाग्ने शुल्क लगायतका जानकारीका साथै थप निर्देशनहरू दिइएको हुन्छ । डिभी–२०२३ का लागि छनोट भएकाहरूले केवल भ्लतचबलत क्तबतगक ऋजभअप मार्फत मात्र छनोट भएको जानकारी प्राप्त गर्न सक्नेछन् । अमेरिकी विदेश मन्त्रालयले छनोट भएको सूचना चिठी वा ईमेलमार्फत पठाउँदैन । अमेरिकी दूतावास र वाणिज्यदूतावासहरूले छनोट भएकाहरूको सूची उपलब्ध गराउँदैनन् । छनोटमा नपरेकाहरूले पनि सूचना पाउने थलो भनेको भ्लतचबलत क्तबतगक ऋजभअप हो । हामी तपाईँलाई आफ्नो भ्लतचबलत क्तबतगक ऋजभअप आफै हेर्नुहुन जोड गर्न चाहन्छौँ । चेक गर्न र सूचना पाउनका लागि अरुको भर नपर्नुहोला ।
तपाईँ डिभीका लागि छनोट हुनुभए तापनि डाइभर्सिटी भिसा प्राप्त गरी अमेरिका आप्रवास गर्नका लागि तपाईँले अमेरिकी कानुन अन्तर्गतका सबै योग्यताका मापदण्डहरू पूरा गरेको हुनु पर्दछ । डिएस–२६०, अनलाइन आप्रवासी भिसा अनि दर्ता आवेदन र कन्सुलर अधिकृतले व्यक्तिगत रूपमा तपाईँसँग अमेरिकी आप्रवासन कानुन अनसुार योग्य हुनुहुन्छ कि हुन्न भनेर प्रश्न गर्नेछन् । यी प्रश्नहरू अपराध तथा सुरक्षासम्बन्धी विषयमा हुनेछन् ।
परिवारका सदस्य लगायत सबै आवेदकलाई २०२३ सेप्टेम्बर ३० भित्र भिसा जारी गरिसक्नु पर्दछ । सो मिति पश्चात् कुनै पनि हालतमा अमेरिकी विदेश मन्त्रालयले डिभी भिसा जारी गर्न सक्ने छैन र युएससीआईएसले हेरफेर स्वीकृत गर्न सक्ने छैन । न त कुनै पनि परिवारिक सदस्यले सो मिति पश्चात् अमेरिका गइसकेका प्रमुख आवेदकसँग बसोबास गर्न जानका लागि डिभी प्राप्त गर्न नै सक्नेछ ।
छनोट प्रक्रियाबारे थप जानकारीका लागि बारम्बार सोधिने प्रश्नहरू हेर्नुहोस् ।
डिजिटल फोटो बुझाउनेसम्बन्धी स्
तपाईँले नयाँ डिजिटल फोटो खिच्न सक्नुहुन्छ वा हालै ९गत छ महिनामा० खिचिएको फोटोलाई डिजिटल स्क्यानरमार्फत स्क्यान गर्न सक्नुहुन्छ । तर फोटोले चाहिँ तल उल्लिखित सम्पूर्ण मापदण्डहरू पूरा गरेको हुनु पर्दछ । डिभीका लागि पेश गरिने फोटोकोे गुणस्तर र कम्पोजिशन पनि अमेरिकी भिसाका लागि पेश गरिने फोटोकै जस्तो हुनु पर्दछ । स्वीकार्य फोटोका उदाहरणहरू यहाँ हेर्न सकिन्छ । पुरानो फोटो वा तल उल्लिखित सम्पूर्ण मापदण्डहरू पूरा नगर्ने फोटो पेश नगर्नुहोस् । गत साल डिभीको आवेदनमा पेश गरिएको फोटो पुनः पेश गरेमा, मिलाइएको फोटो प्रयोग गरेमा वा तल उल्लेख गरिए अनुरूपका आवश्यकताहरू पूरा नभएको खण्डमा तपाईँ डिभीका लागि अयोग्य ठहरिनुहुनेछ ।
तपाईँको डिजिटल फोटो निम्न बमोजिम हुन जरुरी छ स्
● रङ्गिन
● फोकस मिलेको
● टाउको १ देखि १ ३र८ इन्च ९२२ मिमि र ३५ मिमि० को बीचमा हनु पर्दछ वा चिउँडोको तल्लो भागदेखि टाउकोको टुप्पासम्मको फोटोको पूरा लम्बाइको ५६ देखि ६९ प्रतिशत बीच हुनु पर्दछ । साइजसम्बन्धी थप जानकारीका लागि “फोटो कम्पोजिशन टेम्पलेट” हेर्नुहोस् ।
● तपाईँको हालको हुलिया प्रतिविम्बित गर्नका लागि फोटो विगत छ महिनामा खिचिएको हुनु पर्दछ ।
● सादा सेतो वा हल्का रङ्गको पृष्ठभूमिमा खिचिएको
● पूरा अनुहार देखिने गरी सिधा क्यामेरामा हेरी खिचिएको
● अनुहारको अभिव्यक्ति निष्पक्ष भएको र दुवै आँखा खुला भएको
● आफूले दिनदिनै लगाउने कपडामा खिचिएको
● दैनिक लगाइने धार्मिक वस्त्र बाहेक फोटोमा अन्य कुनै बर्दी लगाउनु हुँदैन ।
● धार्मिक कारणले लगाउनुपर्ने टोपी वा शिर ढाक्ने वस्त्र बाहेक अन्य कुनै टोपी वा शिर ढाक्ने वस्त्र लगाउनु हुँदैन । तपाईँको पूरा अनुहार देखिनु पर्दछ र शिर ढाक्ने वस्त्रले आवेदकको अनुहारमा छाया पारेको हुनुहुँदैन ।
● इयरफोन, ताररहित उपकरण वा त्यस्ता अन्य सामग्री तपाईँको फोटोमा स्वीकार्य हुने छैनन् ।
● चश्मा लगाएको हुनुहुँदैन ।
● प्रायः श्रवण यन्त्र वा त्यस्ता अन्य सामग्री प्रयोग गर्ने गर्नुभएको छ तिनलाई फोटोमा लगाउन सकिनेछ ।
स्वीकार्य र अस्वीकार्य फोटोको उदाहरण हेर्नका लागि “फोटो उदाहरण” हरूको पुनरावलोकन गर्नुहोस् । चालक अनुमतिपत्र वा अन्य सरकारी परिचयपत्रबाट प्रतिलिपि उतार गरिएका वा स्क्यान गरिएका फोटोहरू स्वीकार्य हुने छैनन् । त्यसका अतिरिक्त स्न्यापशट, पत्रिकामा प्रकाशित फोटो, भेन्डिङ मेशिन वा मोबाइल फोनबाट खिचिएका कमसल गुणस्तरका फोटो वा पूर्ण–लम्बाइका फोटोहरू स्वीकार्य हुनै छैनन् ।
आवेदन पेश गर्ने क्रममा तपाईँले आफ्नो डिजिटल फोटो अपलोड गर्नु पर्दछ । तपाईँको डिजिटल फोटो निम्न बमोजिमको हुनु पर्दछस्
● एभ्न् फरम्याटमा हुनु पर्दछ
● फोटोकोसाइज २४० किलोबाइट वा सोभन्दा कम हुनु पर्दछ
● लम्बाइ र चौडाइ बराबर हुनु पर्दछ
● डाइमेन्सन ६०० पिक्सेल ह् ६०० पिक्सेल हुनु पर्दछ
आफूसँग भएको फोटो स्क्यान गर्न चाहनुहुन्छ रु डिजिटल फोटोका मापदण्डका अतिरिक्त तपाईँको फोटो स्
● २ह२ इन्च ९५१ ह ५१ मिमि० हुनु पर्दछ
● ६०० पिक्सेल प्रति इन्चको रेजोल्युशन ९१२ पिक्सेल प्रति मिलिमिटर० मा स्क्यान गरिएको हुनु पर्दछ
सानो बच्चाको फोटो लिनुपरेमास्
सानो बच्चाको फोटो खिच्दा फोटोमा अन्य कुनै व्यक्ति हुनुहुँदैन, बच्चाको आँखा खुला हुनु पर्दछ र बच्चाले क्यामेरातिर हेरेको हुनु पर्दछ ।
पहिलो सल्लाह बच्चालाई सादा सेतो वा हल्का तन्नामा पिठ्युँ पछाडि पारेर सुताउनुहोस् । यसले गर्दा बच्चाको टाउकोलाई आड पुग्छ र फोटोको लागि सादा पृष्ठभूमि पनि सुनिश्चित हुन्छ । बच्चा पल्टेकोले खास गरी माथिबाट फोटो खिच्नुपरेको अवस्थामा बच्चाको अनुहारमा छाया पर्न नदिनुहोस् ।
दोस्रो सल्लाह कारको सिटलाई सादा सेतो वा हल्का रङको कपडाले छोप्नुहोस् र बच्चालाई कारको सिटमा राखेर फोटो खिच्नुहोस् । यसो गर्दा पनि बच्चाको टाउकोलाई आड मिल्दछ ।
साभारः खसोखास डट कम