चैत्र २३ गते २०८१

फोटोग्राफर संघको शुभकामना तथा भित्तेपात्रो बिमोचन सम्पन्न

२४ चैत, काठमाडौ
काठमाडौ फोटोग्राफर संघले आउदै गरेको नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान चियापान, तथा भित्तेपात्रो २०८२ बिमोचन कार्ययक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि हास्य कलाकार तथा समाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुस साथै बरिष्ठ सिनेमाटोग्राफर मञ्जुकुमार श्रेष्ठ, संघका सल्लाहकार रत्नमान आँशु,संघका अध्यक्ष हरिप्रसाद घिमिरे लगाएतले बिमोचन गरेका थिए । कार्यक्रम राजधानीको नयाँ बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा सम्पन्न भएको हो। कार्यक्रमको प्रमुख आतिथ्य ख्यातिप्राप्त हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुस  ज्यूले गरेका थिए। प्रमुख अतिथिको मन्तव्यमा फोटोग्राफरहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै, कला र सिर्जनात्मकताको माध्यमबाट समाजलाई सकारात्मक दिशामा अघि बढाउन सकिने बताए ।
काठमाडौँ फोटोग्राफर संघका अध्यक्ष हरि प्रसाद घिमिरेले आगामी दिनमा संघले अझ बढी प्रविधिमैत्री बन्दै सिर्जनशील फोटोग्राफरहरूको सशक्तिकरण गर्ने र फोटोग्राहरहरुको कला र मेहनतलाई भित्तेपात्रोमा समेटिएको कुरा बताए । शुभकामना मन्तव्य राख्ने क्रममा संघका सल्लाहकार मञ्जुकुमार श्रेष्ठ, सल्लाहकार रत्नमान आँसु, संघका पूर्व अध्यक्ष बालकृष्ण श्रेष्ठ, राष्ट्रिय फोटोपत्रकार समुहका अध्यक्ष प्रदीप राज वन्त, वाइल्डलाइफ फोटोग्राफर ओम यादव, तथा वरिष्ठ फोटोग्राफर योगेन्द्रजंग बस्नेतले फोटोग्राफी क्षेत्रको योगदान, चुनौती र भावी सम्भावनाका विषयमा महत्वपूर्ण धारणा राखेका थिए

काठमाडौँ फोटोग्राफर संघका सदस्यहरूबाट बैवाहिक सम्वन्धित मा आधारित उत्कृष्ट तस्वीरहरू माग गरिएको थियो। सयौं तस्वीरहरू मध्यबाट छानिएका उत्कृष्ट मुन जंग खड्का, पशुपति श्रेष्ठ, नन्दु श्रेष्ठ, दिपक मैनाली, मिलन श्रेष्ठ, रूपेश थापा, उद्दब तिमल्सिना, खगेन्द्र श्रेष्ठ, सुशिल खरेल, प्रधुम्न के। सी।, भोला काफ्ले र लक्ष्मण अधिकारीका उत्कृष्ट फोटोहरु रहेका छन। यी प्रतिभाशाली फोटोग्राफरहरूको उत्कृष्ट र सिर्जनात्मक तस्बिरले भित्तेपात्रो–२०८२ लाई थप आकर्षक बनाएको छ।
संघका उपाध्यक्ष आनन्द प्रभाकर घिमिरेले स्वागत मन्तव्य दिँदै सबै अतिथि, सहभागी तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रमको सम्योजन हरि ज्ञवालि तथा सञ्चालन संघका सचिव रेशमराज पण्डीतले संचालन गरेका थिए ।