असार ८ गते २०७८
देशलाई भड्खालोमा पुग्नबाट समयमै बचाऔं : माधव नेपाल
वीरगञ्ज, ८ असार ।
नेकपा एमालेका नेता माधवकुमार नेपालले मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै बचाउनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै उनले संसद, सरकार र पार्टीलाई तहसनहस पारेर गलत बाटो अंगाल्दाको परिणम देश, पार्टी र जनताले झेलिरहेको बताएका छन् । नेता नेपालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तव्यमा पुर्याउँदैन र राम्रो परिणाम दिँदैन । हामीले गलत कार्यको खबरदारी गर्दै आएका थियौं र छौं ।’