असाेज ८ गते २०७६
पाकिस्तानमा गएको भूकम्पमा परी २० को मृत्यु , ३ सय बढी घाइते
इस्लामावाद- मङ्गलबार पाकिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको प्रहरीले बताएको छ।
पाकिस्तान प्रशासित कश्मिर र पंजाब प्रान्तलाई केन्द्र बनाएर उक्त भुकम्प गएको थियो।मिरपूरका डेपुटी इन्स्पेक्टर जनरल सरदार गुल्फाराजले टेलिभिजनमार्फत जानकारी दिँदै भने, ‘पूर्वी पाकिस्तानको मिरपुरमा भूकम्पका कारण क्षेत्रमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको र अहिलेसम्म २० को निधन भएको जानकारी आएको छ। भूकम्पका कारण ३ सयभन्दा बढी व्यक्ति घाइते भएका छन्।’
आज अपरान्ह् गएको भूकम्पका कारण पाकिस्तान प्रशासित काश्मिरका कतिपय स्थानहरूका घरहरूमा पूर्ण तथा आंशिक क्षति भएको, सडकमा ठूला–ठूला चिरा परेको, विद्युतका पोलहरू ढलेको, टेलिफोनका टावरहरूमा क्षति भएको जानकारी पनि उनले दिए। पूर्वी पाकिस्तान र भारतमा समेत झड्का महशुस भएको थियो। भूकम्प ५.८ रेक्टर स्केलको रहेको अमेरिकी भूगर्भ विभागले जनाएको छ। एएफपी