जेठ ५ गते २०७८
कास्कीमा ८ सहित गण्डकीमा एकैदिन सर्वाधिक ३० जनाको निधन
पोखरा, ०५ जेठ ।
कास्कीमा पछिल्लो २४ घण्टाको अवधिमा १ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो । कास्कीमा अहिले ३ हजार ९ सय ९६ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।
त्यसैगरि कास्कीमा थप ८ जनाका संक्रमणबाट ज्यान गएको छ । यससँगै कास्कीमा अहिलेसम्म ज्यान गुमाउनेको कुल संख्या २ सय २० पुगेको छ ।
संक्रमण बढिरहेकाले सचेत रहन निर्देशनालयले सबैलाई आग्रह गरेको छ ।
जसअन्तर्गत कास्कीका १७६ जना, तनहुँका ५६ जना, गोरखाका १२९ जना, लमजुङका ७ जना, नवलपुरका १२८ जना र स्याङ्गजाका ९ जना छन् ।
यस्तै पर्वतका २२ जना, बाग्लुङका ७० जना, म्याग्दीका ६८ जना र मुस्ताङका १० जना र मनाङ जिल्लाका १३ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३० हजार ६८८ पुगेको छ। जसमा ९ हजार २७१ सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ५६७ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २० हजार ९६५ पुगेको छ।
बुधबार गण्डकीमा एकैदिन ३० जनाको मृत्यु पुष्टि भएको छ । एकैदिन मृत्यु पुष्टि भएको यो संख्या अहिलेसम्मकै धेरै हो ।
आज मृत्यु पुष्टि हुनेमा कास्की सहित पोखरामा विभिन्न अस्पतालमा उपचाररत ८ जना, तनहुँका ५ जना, स्याङ्गजाका ७ जना, नवलपुरका २ जना, गोरखाका ३ जना र म्याग्दी जिल्लाका ५ जना छन्।
योसंगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४५२ पुगेको निर्देशनालयले जनाए