मंसिर ४ गते २०७८

काँग्रेस कास्कीका क्षेत्रीय सभापतिहरुमा युवा उमेद्वार विजयी


कमल पौडेल अथक
पोखरा ४ मंसिर


नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हिजो ५७ जिल्लामा निर्वाचन सम्पन्न भएको छ । निर्वाचन समितिका सदस्य एकराज पोखरेलका अनुसार पर्वत, सोलुखुम्बु र डोल्पामा प्रदेश निर्वाचन क्षेत्र अधिवेशन सम्पन्न भइसकेको छ । सर्लाही, सिन्धुपाल्चोक र रसुवामा भने प्रदेश अधिवेशन सुरु हुन सकेको छैन ।
नेपाली कांग्रेस कास्की क्षेत्र नं। १ ९क० को सभापतिमा दुर्गा सुवेदी विजयी भएका छन् ।
पार्टीको १४औं महाधिवेशन अन्तर्गत उनले प्रतिस्पर्धी मुराहरि कोइरालालाई १७ मतको अन्तरले पराजित गर्दै सभापतिमा विजयी भएका हुन् । विजयी पाण्डेले २२६ र कोइरालाले २०९ मत प्राप्त गरे ।
यसैगरी पार्टीको दुई उपसभापतिमा सुदेव गुरुङ ९माइला दाई० र निर्मल ढुंगाना विजयी भएका छन् । गुरुङले २२६ र गिरीले २०९ मत प्राप्त गरे ।
उपभिापतिमै प्रतिस्पर्धा गरेका दीपक कुमार आलेले २०१ र लक्ष्मीदेवी पौडेलले १३५ मत प्राप्त गरे ।
यस्तै, सचिवमा शिवराज अधिकारी र ध्रुवराज अधिकारी विजयी भएका छन् ।
शिवले २८२ र ध्रुवले २७७ मत प्राप्त गरे भने प्रतिस्पर्धी केशव भट्टराईले २०२ मत प्राप्त गरे ।
यसैगरी सहसचिव पदमा सुवास भण्डारी २५१, विष्णु गुरुङ २१९ मतका साथ विजयी भए ।
सहसचिवमा प्रतिस्पर्धा गरेका ईश्वरराज भण्डारीले १६३ र शान्ति मगरातीले १३९ मत प्राप्त गरे ।
नेपाली कांग्रेस कास्की २ को ९क० प्रदेशसभा निर्वाचन क्षेत्र समितिको सभापतिमा दिनेश आचार्य विजयी भएका छन् ।
शुक्रबार भएको मतदानमा वर्षाकेशव पराजुलीलाई पराजित गर्दै आचार्य सभापति विजयी भएका हुन् ।
आचार्यले १२१ मत प्राप्त गर्दा अर्का पराजुलीले ९१ मत ल्याएका हुन् ।
यसैगरी दुई उपसभापतिमा माधव प्रसाद बराल र चेतबहादुर महत विजयी भएका छन् ।
बरालले १४९, महतले ११८ र प्रतिस्पर्धी षडानन्द लामिछानेले १०४ मत प्राप्त गरे ।
पार्टीको दुई सचिवमा टंकप्रसाद भण्डारी र नारायण प्रसाद शर्मा विजयी भए ।
भण्डारीले १२७, शर्माले ११७ मत र प्रतिस्पर्धी राजेश गौतमले १०५ मत प्राप्त गरे ।
नेपाली कांग्रेस कास्की क्षेत्र नं। २ ९ख० को सभापतिमा दीपेन्द्र मर्सानी विजयी भएका छन् ।
शुक्रबार भएको मतदानमा मर्सानीले प्रतिस्पर्धी सुवास सिग्देललाई पराजित गर्दै सभापतिमा विजयी भएका हुन् ।
मर्सानीले १४२ मत प्राप्त गरेर विजयी हुँदा सिग्देलले १२० मत प्राप्त गरे ।
यस्तै, पार्टीको उपसभापतिमा सरिता पराजुली १५१, होमबहादुर बानियाँ १५० मतका साथ विजयी भए भने प्रतिस्पर्धी बोधराज घिमिरेले १४१ मत प्राप्त गरे ।
सचिव पदमा सुवर्ण केसी र शिरषकुमार बाँस्तोला विजयी भए । केसीले १४४ र बाँस्तोलाले १३३ मत प्राप्त गरे ।
सचिवमा प्रतिस्पर्धा गरेका श्रीकृष्ण आचार्यले १०४ र जंगबहादुर हमाल ठकुरीले ९८ मत प्राप्त गरे ।
यसैगरी सहसचिवमा निलम बाटाजू कर्माचार्य र सुरेश खवास निर्विरोध निर्वाचित भएका छन् ।
नेपाली कांग्रेस कास्की क्षेत्र नं। ३ ९क० को सभापतिमा पुष्पेन्द्र पाण्डे विजयी भएका छन् ।
उनले प्रतिस्पर्धी दीपकराज पौडेललाई १० मतको अन्तरले पराजित गर्दै सभापतिमा विजयी भएका हुन् ।
पार्टीको १४औं महाधिवेशन अन्तर्गत शुक्रबार भएको मतदानमा ३३२ मत खसेको थियो ।
जसमा पाण्डेले १६६ र पौडेलले १५६ मत प्राप्त गरे । पाण्डेले १६६ र पौडेलले १५६ मत प्राप्त गरे ।
यसैगरी पार्टीको दुई उपसभापतिमा मोतीलाल तिमिल्सिना र दिलिप गिरी विजयी भएका छन् । तिमिल्सिनाले १९२ र गिरीले १५३ मत प्राप्त गरे ।
उपसभापतिमै प्रतिस्पर्धा गरेका धनबहादुर थापाले १३८ र रामबहादुर जिसीले ८४ मत प्राप्त गरे ।
यस्तै, सचिवमा गंगाबहादुर गुरुङ १६८ र प्रकाशचन्द्र सापकोटाले १५८ मत प्राप्त गरी विजयी भए भने विनोद केसीले ९६ र सरोज कुमार गुरुङले ११० मत प्राप्त गरे ।
यसैगरी सहसचिव पदमा अनिल गुरुङले १७० र विष्णुप्रसाद अधिकारीले १६५ मत प्राप्त गरी विजयी भए ।
अन्य प्रतिस्पर्धी तिलकबहादुर खड्काले ९१ र मिनराज तिमिल्सिनाले ११९ मत प्राप्त गरे ।