चैत्र १६ गते २०७७
चार दिन विद्यालय बन्द गर्ने निर्णय
काठमाडौँ, १६ चैत । सरकारले वायु प्रदूषण बढेका कारण चार दिन शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ। शिक्षा मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले वायु प्रदूषणको असरबाट जोगिन चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो।बैठकमा मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकुलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिए।