फोटोग्राफर संघ गण्डकीले नया क्यालेण्डर प्रकाशित गरेको छ । उक्त संस्थाका अध्यक्ष तथा कार्यसमिति सदस्य एवं अन्य सहभागीहरुको उपस्थितीमा हालै फोटोग्राफर संघ गण्डकीले यस नया वर्ष २०७९ को क्यालेण्डर एक समारोहका बिचफोटोग्राफर संघ गण्डकीको क्यालेण्डर बिमोचन गरेको हो । क्यालेण्डर समारोहमा संस्थाका अध्यक्ष दुर्गा प्रसाद पौडेलले क्यालेण्डर प्रकाशन गर्नुका उदेश्य र यस संस्थाको उदेश्य तथा प्रदेश भरी फोटोग्राफरका लागि भैरहेका क्रियाकलाव बारे प्रकाश पार्नु भएको थियो । क्यालेण्डर प्रकाशन समितिका संयोजक तथा संस्थाका कोषाध्यक्ष जिवन ढुड.गानाले क्यालेण्डर प्रकाशित गर्दाका भएगरेका कार्यहरु र आर्थिक सहयोगदाताहरुको बारेमा प्रकाश पार्नु भएको थियो । संस्थाका सचिव तुलसी राम सुबेदीले सञ्चालन गरेको सो कार्यक्रम फेसबुक लाइभ गरी प्रदेशभरीका सवै फोटोग्राफरहरुले कार्यक्रम अवलोकन गर्न सक्ने ब्यावस्था मिलाइएको थियो । अधिकांस पोखराका फोटोग्राफर ब्यावसायी संलग्न रहेको सो कार्यक्रम पोखराको पृथ्वीचोक स्थित होटल सेन्टरप्वाइटको सभाकक्षमा भएको थियो । यस फोटोग्राफर संघ गण्डकीमा गण्डकी प्रदेशका ११ जिल्लाका करिव ६ सय फोटोग्राफरहरु आवद्ध छन । प्राय धेरै जिल्लामा जिल्ला फोटोग्राफर संघको संस्था छन भने त्यसमा आवद्ध सदस्य गण्डकी फोटोग्राफर संघका सदस्य मानिन्छन । मनाड. र मुस्ताड. जस्ता दुर्गम हिमाली जिल्लामा केही फोटोग्राफर साथीहरु आवद्ध छन भने अन्य जिल्लामा जिल्ला संघ नै आवद्ध छ । गण्डकी प्रदेशमा करिव १ हजार देखी १२ सय फोटोग्राफर ब्यावसायी रहेको मानिन्छ । यि सवै संस्थामा संलग्न छैनन , कोही स्वतन्त्र ब्यावसायी छन भने कोही आवद्ध हुन सकेका छैनन । तर ६ सय फोटोग्राफर सदस्यको रुपमा नै स्पस्ट आवद्धता जनाएका छन । गण्डकी प्रदेशमा सवै भन्दा वढी कास्की जिल्लामा छन । कास्की जिल्लामा करिव ५ सय फोटोग्राफी ब्यावसाय गर्ने साथीहरु छन भने पोखरा फोटोग्राफर संघमा नै सदस्य नविकरण गरी आवद्ध भएर सक्रिय ब्यावसाय गरेका २ सय जना छन । कतीले नविकरण नगर्ने वा सदस्य बन्न नचाहने पनि छन । कास्की पछी नवलपुर र तनहुमा पनि धेरै फोटोग्राफी ब्यावसायमा संलग्न साथीहरु छन । सवै भन्दा थोरै ब्यावसायी मनाड. र मुस्ताड.मा छन ।
पोखरा, पुस १३ देशको पुर्वदेखि पश्चिमी कुनासम्म आठवटा सहरहरुमा भब्य प्रस्तुती दिएर गृहमैदान आइपुगेको नेपथ्यले सँधैजस्तै न्यानो पोखरेली माया जुटाउन सफल भएको छ । नयाँबजारस्थित प्रदर्शनी केन्द्रको यसै मैदानमा...
Read More
काठमाडौं, १६ मंसिर । नवलपरासी पूर्वको धौवादीमा भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ ज–०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको...
Read More
काठमाडौँ, ८ फागुन । नेकपा ओली समूहका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले प्रचण्ड–माधव समूहले आतंकित र भयभित भएपछि ‘ओली सरकारका दुई मन्त्री आफ्नो समूहमा आउँदै छन्’ भन्ने भ्रम...
Read More
काठमाडौँ, १६ असार । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च पार्टीले बेहोर्ने भएको छ । बालुवाटारमा बसेको बैठकले वरिष्ठ नेता खनालको उपचार खर्च नेकपा एमालेले बेहोर्ने निर्णय...
Read More