फोटोग्राफर संघ गण्डकीले नया क्यालेण्डर प्रकाशित गरेको छ । उक्त संस्थाका अध्यक्ष तथा कार्यसमिति सदस्य एवं अन्य सहभागीहरुको उपस्थितीमा हालै फोटोग्राफर संघ गण्डकीले यस नया वर्ष २०७९ को क्यालेण्डर एक समारोहका बिचफोटोग्राफर संघ गण्डकीको क्यालेण्डर बिमोचन गरेको हो । क्यालेण्डर समारोहमा संस्थाका अध्यक्ष दुर्गा प्रसाद पौडेलले क्यालेण्डर प्रकाशन गर्नुका उदेश्य र यस संस्थाको उदेश्य तथा प्रदेश भरी फोटोग्राफरका लागि भैरहेका क्रियाकलाव बारे प्रकाश पार्नु भएको थियो । क्यालेण्डर प्रकाशन समितिका संयोजक तथा संस्थाका कोषाध्यक्ष जिवन ढुड.गानाले क्यालेण्डर प्रकाशित गर्दाका भएगरेका कार्यहरु र आर्थिक सहयोगदाताहरुको बारेमा प्रकाश पार्नु भएको थियो । संस्थाका सचिव तुलसी राम सुबेदीले सञ्चालन गरेको सो कार्यक्रम फेसबुक लाइभ गरी प्रदेशभरीका सवै फोटोग्राफरहरुले कार्यक्रम अवलोकन गर्न सक्ने ब्यावस्था मिलाइएको थियो । अधिकांस पोखराका फोटोग्राफर ब्यावसायी संलग्न रहेको सो कार्यक्रम पोखराको पृथ्वीचोक स्थित होटल सेन्टरप्वाइटको सभाकक्षमा भएको थियो । यस फोटोग्राफर संघ गण्डकीमा गण्डकी प्रदेशका ११ जिल्लाका करिव ६ सय फोटोग्राफरहरु आवद्ध छन । प्राय धेरै जिल्लामा जिल्ला फोटोग्राफर संघको संस्था छन भने त्यसमा आवद्ध सदस्य गण्डकी फोटोग्राफर संघका सदस्य मानिन्छन । मनाड. र मुस्ताड. जस्ता दुर्गम हिमाली जिल्लामा केही फोटोग्राफर साथीहरु आवद्ध छन भने अन्य जिल्लामा जिल्ला संघ नै आवद्ध छ । गण्डकी प्रदेशमा करिव १ हजार देखी १२ सय फोटोग्राफर ब्यावसायी रहेको मानिन्छ । यि सवै संस्थामा संलग्न छैनन , कोही स्वतन्त्र ब्यावसायी छन भने कोही आवद्ध हुन सकेका छैनन । तर ६ सय फोटोग्राफर सदस्यको रुपमा नै स्पस्ट आवद्धता जनाएका छन । गण्डकी प्रदेशमा सवै भन्दा वढी कास्की जिल्लामा छन । कास्की जिल्लामा करिव ५ सय फोटोग्राफी ब्यावसाय गर्ने साथीहरु छन भने पोखरा फोटोग्राफर संघमा नै सदस्य नविकरण गरी आवद्ध भएर सक्रिय ब्यावसाय गरेका २ सय जना छन । कतीले नविकरण नगर्ने वा सदस्य बन्न नचाहने पनि छन । कास्की पछी नवलपुर र तनहुमा पनि धेरै फोटोग्राफी ब्यावसायमा संलग्न साथीहरु छन । सवै भन्दा थोरै ब्यावसायी मनाड. र मुस्ताड.मा छन ।
पोखरा बाग्लुङ्ग जोड्ने मध्यपहाडी लोकमार्ग अन्तरगत हेम्जा खण्ड ,धान फल्ने खेतमा घर फलिरहेका हेर्दै माछापच्छ«े खुलेर हासेको छ ।तस्विरः दुर्गा प्रसाद पौडेल
Read More
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले निजी क्षेत्रको पीरमर्कालाई सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । पृथ्वी होटल व्यवसायी समितिले...
Read More
चितवन, ०७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका सो पार्टीका केन्द्रीय सभापति रवि लामिछाने निकै फराकिलो मतान्तरले अग्रस्थानमा कायम रहेका छन् । लामिछानेले १३...
Read More
काठमाडौं,२० चैत । नेकपा एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीबाट चार नेतालाई पार्टी सदस्यबाट निलम्बन गरिएपछिको रणनीति बनाउन स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएको छ । आज बस्ने...
Read More