माघ २८ गते २०७७

फेवातालको पानी अझै एक मिटर घट्न सक्ने

पोखरा,२८ माघ ।
फेवातालको ड्याम मर्मतका लागि अहिले पानिको सतह १ मिटर घटाइएको छ । १ मिटर पानिको सतह घटाउदा तालले ५० मिटरसम्म जमिन छोडेको छ । तालको किनार लेदो माटो र ढुङगाले कुरुप बनेको छ । तालको बाँध जीर्ण अवस्थामा पुगेपछि मर्मतका लागि भन्दै जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कास्कीले पानीको सतह एक मिटर घटाएको हो ।

पानीको सतह एक मिटर घटाए पछि काम गर्न सहज हुने भएकाले घटाइएको कार्यालयले जनाएको छ । एक मिटर पानी घटाएर पानी भित्र गएर ड्यामको ढोका मर्मत गर्ने हो । कम पानीको प्रेसरमा काम गर्न सहज हुने भएकाले पानी घटाइएको कार्यालयका इन्जिनियर मोहनराज आचार्यले बताए । मर्मत सम्भारका लागि समस्या भयो भने अझै थप एक मिटर पानीको सतह घटाउने अवस्था आउन सक्ने छ ।