वैशाख १४ गते २०८०
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त
वैशाख १४ ,पोखरा
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । पाण्डेले आजै प्रदेश प्रमुख समक्ष बहुमत सहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
उनलाइ संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरे ।
पाण्डेलाई कांग्रेसको २७, माओवादीको ७ र १ स्वतन्त्र सहित ३५ सांसदको समर्थन छ । प्रदेश प्रमुखले मंगलबार संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका थिए ।
मुख्यमन्त्री नियुक्ती भएपछि पाण्डेले अहिलेको गठबन्धन प्रदेशसभाको अवधिभर रहने बताउदै सरकार आलोपालो गरेर चलाउने बताए । उनले छिटै मन्त्रिपरिषदलाई पूर्णता दिने र सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्ने बताए । मन्त्रिपरिषद ७ सदस्यीय भन्दा नबढ्ने पनि पाण्डेले बताए ।
यसअघि खगराज अधिकारी नेतृत्वको सरकार १०५ दिनमै ढलेको थियो । पाण्डेले शपथ शुक्रबार लिने तयारीमा छन् । गण्डकी प्रदेशमा नेपाली काग्रेसका २७, नेकपा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र एक जना सांसद रहेका छन् ।