भाद्र २३ गते २०७६

शीतल सहकारीमा ईश्वरी

शीतल बचत तथा ऋण सहकारीको १० औं साधारणसभा तथा चौथों अधिवेशनले ईश्वरीप्रसाद लम्सालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चुनेको छ । यसअघि लम्साल सचिव थिए ।

सहकारीको उपाध्यक्ष युवकराज लामिछाने, सचिव नारायणप्रसाद अधिकारी, सहसचिव हरिप्रसाद लम्साल, कोषाध्यक्ष मोहनलाल पौडेल छन् । सञ्चालक सदस्यमा कमलकान्त उपाध्याय, श्रीराम सुवदी, विष्णुमाया लम्साल, सुरजप्रकाश भुजेल, नारायण पौडेल र ईच्छा बराल अधिकारी छन् । लेखा तथा सुपरिवेक्षण समिति संयोजक ऋषिराम बराल, सदस्यमा बेदप्रसाद अधिकारी र रामप्रसाद ढकाल निर्वाचित भएका छन् ।

संस्था अध्यक्ष वेदराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका सहकारी समिति अध्यक्ष तेजनारायण अधिकारीले महानगरले निर्माण गरेको नयाँ सहकारी ऐन र अहिलेको परिस्थितिमा सहकारीको दायित्वबारे प्रकाश पारेका थिए ।